
तरहरा (सुनसरी) पूर्वी नेपालमा आपराधिक घटनामा अवैध साना हतियारको प्रहरीको लागी चुनौती बन्दै गएको छ । नेपाल सँग सिमा जोडिएको पूर्वी नाकाहरुमा हतियारको कारोबार बढेको प्रहरी आफै स्वीकार गरे पनि नियन्त्रणमा भने नेपाल प्ररी सफल हुन सकेको छैन । अपराधिक गिरोहहरु सक्रिय भई अघि अघि र प्रहरीे भने पछि पछि छ ।
पूर्वको विभिन्न जिल्लामा साना हतियारको आडमा हत्या, अपहरण, चन्दा तथा फिरौती असुली, लुटपाटलगायत आपराधिक घटना हुने गरेको छ । आपराधिक समूहका गतिविधि कमजोर हुँदै गए पनि बरामद र पक्राउको संख्या हेर्दा अझै साना हतियारको कारोबार सिमा क्षेत्रबाट धेरै कारोबार हुन थालेको क्षेत्रीय प्रहरी कार्यलयले स्वीकार गरेको छ । गत माघ १७ गते इटहरी १४ साविक खनारमा ४ थान पेस्तोल र ११ राउण्ड गोली पक्राउ पर्नुले पनि यो कुरा पुष्टि हुन्छ ।
पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी केशरीराज घिमिरिेले पूर्वमा साना हतियारको कारोबार वढि रहेको स्वीकार गरे । साना हतिहार वजारमा ५० हजार भारुमा विक्रि हुने गरेको भन्दै धेरै नाफा कमाउँने उदेश्यले अपराधिक गतिविधि गनेहरुले कारोवार बढाएको उनको भनाई थियो । हामी हतियारधारी र कारोबारीहरुको निगरानीमा छौ डिआईजी घिमिरेले भने । पछिल्लो समयमा खुल्ला सिमाना हुदै हतियारको कारोबार वढेको हुन सक्ने भन्दै खुल्ला क्षेत्रमा पनि ब्यापक गस्ती सुरु भएको उनको भनाई थियो ।
सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले खुल्ला सिमानाले हतियारको विगविगती बढेको स्वीकार गरे । जोगवनीमा २० हजारमा हतिहार किनवेच भएको पाईयो उनले भने । अटोमेटिक पेस्तोलहरु सहज रुपमा पाउँने भए पछि पछिल्लो समय धेरै हतियारको चलखेल देखिएको कारण सिमा क्षेत्रमा कडाई गरीरहेको छौ उनले भने । शशस्त्र प्रहरीलाई परिचालन सुनसरीको ६२ किलोमिटर खुल्ला सिमानाको गस्ती बढाएको छौ एसपी पोखरेलले भने ।
यता इलाका प्रहरी कार्यलयले इटहरीका डिएसपी नरेशराज सुवेदीले केहि हतियारधारी पक्राउ पर्ने प्रहरीको सफलता भएको वताए । सुनसरी तथा मोरगंका विभिन्न क्षेत्रमा विभिन्न क्षेत्रमा हतियार विक्रि गर्ने गर्ने चार जना गिरोहलाई फक्राउ परे पछि थप गिरोहहरुको खोजी भईरहेको उनको भनाई थियो । डिएसपी सुवेदीले भने विहारबाट सस्तो मुल्यमा हतियार किनेर अपराधिक गतिविधि सँगै हतियार सम्म उनीहरुले विक्री गदै आएको समुहलाई पक्राउ गरेका छौ अझै केहीलाई पक्राउ गर्ने वाँकी छ ।
पूर्व क्षेत्र प्रहरीले ०६८ र ०६९ मा १ सय ८७ वटा,०६९र०७० मा १ सय ९२ थान साना हतिायर , २०७०र२०७१ मा २४ पेस्तोलसहित ६६ वटा हतियार बरामद गरिएको क्षेत्रीय प्रहरी कार्यलयको तथ्याकमा उल्लेख छ । त्यस्तै आर्थिक वर्ष २०७१ र२०७२ मा ९ पेस्तोलसहित ६० वटा हतियार पक्राउ गर्यो भने चालु आर्थिक वर्षको हाल सम्म ३३ वटा साना हतियार वरामत भईसकेको पूर्व क्षेत्रीय प्रहरीले जनाएको छ ।
हतियारधारी अघि अघि प्रहरी पछि पछि
पूर्वी नेपालमा भएको अधिकांस अपराधिक घट्नामा प्रहरी भन्दा अपराधिक गतिविधि गर्नेहरु अघि छन । इटहरीमा गत १६ गते पक्राउ परेको ४ जना अपराधि हतियार धारी अपराधि पक्राउ गर्ने भने प्रहरी निकै सफल भएको छ । तर अन्य हतियारधारी घट्नामा भने प्रहरीको सफलता पूर्वभर न्यून छ । अपराध गरेर अपराधिहरु भागे पछि प्राय अधिकांस घट्नामा पक्राउ पर्ने सकेका छैनन । खुल्ला सिमानामा समेत उच्च कडाई नहुदा साना हतियार पूर्वमा दिनानुदिन वढ्न थालेको पुष्टि हुन्छ ।
सस्तोमुल्य सहज बाटो
कारोवार नियन्त्रणका लागि प्रहरी सकृयता बढे पनि खुल्ला सीमानाका कारण भनेजस्तो सफलता हात परेको छैन । चन्दा आतंक मच्चाउने र चोरी डकैती,लुटपाटमा सलग्न हुने गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार एउटा अटोमेटिक पेस्तोलको मुल्य करिव ५० हजार भारतीय रुपैया पर्छ । साना हतियार नियन्त्रणमा प्रहरीले बलियो संयन्त्र नबनाउँदा बिगबिगी बढ्दै गएको छ ।इटहरीमा हतियार सहित पक्राउ परेकाहरुले पनि आफुहरुले ५० हजारमा हतियार किन्ने गरेको खुलासा गरेका छन ।