धरान/धरानको चेकपोष्ट तीनकुने नाकाबाट एकयुवाको साथबाट अन्दाजी ९ सय ग्राम सालकको खवटासहित प्रहरीले पक्राउ गरेको छ । [caption id="attachment_28949" align="alignnone" width="850"] फाइल तस्बिर[/caption] धरान–८ तिनकुेनस्ति चेकपोष्टबाट लुकाईछिपाई ल्याउने क्रममा खोकु–८, धनकुटाका १८ वर्षीय सविन राईलाई सालकको खवटासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानको लागि सेक्टर वन कार्यालय रानमा पठाइएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । सालक लोपोन्मुख जनवारमा पर्छ ।