Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • आयुर्वेद औषधिमा लगानी असुरक्षित

आयुर्वेद औषधिमा लगानी असुरक्षित

alt
  • माघ २३, २०७३
  • ब्लाष्ट खबर

काठमाडाैं/ नेपालमा सञ्चालित सानाठूला ८६ बढी आयुर्वेद औषधि उद्योगका सञ्चालकले आफुहरुले गरेको लगानीको सुरक्षा नभएको गुनासो गरेका छन् ।

आयुर्वेद उद्योगमा करिब रु ९० करोडको लगानी भएको भए पनि व्यावसायिक सफलता पाउन नसक्दा लगानी जोखिममा परेको उनीहरुको भनाइ छ । नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घका महासचिव तथा अनमोल आयुर्वेद प्रालिका सञ्चालक मानबहादुर साउदले खुला सिमानाका कारण भारतमा उत्पादन भएका औषधि सहजै नेपाली बजारमा उपलब्ध हुँदा आयुर्वेद उद्योगमा गरिएको लगानी धरापमा परेको बताएका छन् । सरकारले पनि स्वदेशी उद्योगलाई प्रोत्साहन नगरी भारतीय उद्योग र औषधिलाई प्राथमिकता दिएको उनको आरोप छ । “खुला सीमाका कारण भारतीय औषधि सहजै नेपाल भित्रने गरेको छ । भारतीय उत्पादनका लागि नेपालमा प्रचारका लागि छुट्टै खर्च गर्नुपर्दैन । भारतमै प्रचार गरे पनि नेपाललाई पुग्छ । फेरि नेपालमै उत्पादित जडीबुटी सस्तोमा भारत निर्यात गरिन्छ र महँगोमा फेरि नेपालमा आयात गरिँदै आएको छ,” साउदले भने । सरकारले नेपालमा पाइने जडीबुटीको सङ्कलन र प्रशोधन गर्न नसक्दा दोहोरो मारमा परेको सङ्घका अध्यक्ष विनोद पौडेल बताउछन् । सगरमाथा आयुर्वेद उद्योगका सञ्चालक समेत रहेका पौडेलले सरकारले यहाँ पाइने जडीबुटीको सङ्कलन र प्रशोधनका लागि केन्द्र खोलेर व्यवस्थित गर्नुपर्ने बताए । गोरखनाथ हर्बास्युटिकलका सञ्चालक राजेन्द्र बस्नेतले सरकारले अन्य उद्योग खोल्न सहुलियत व्यवस्था गरेको भए पनि आयुर्वेद उद्योगका लागि कुनै व्यवस्था नगरेको गुनासो गरे । उनले सरकारले स्वदेशी उद्योगलाई बेवास्ता गरेको र कानुनी अड्चन मात्र बनाएको आरोप लगाउनुभयो । स्वदेशमा सञ्चालित आयुर्वेद उद्योगलाई व्यवस्थित गरेर गुणस्तरीय उत्पादन गरी बजारीकरण गरे आर्थिक विकाससँगै सयाँै नागरिकले रोजगारीको अवसर पाउने सञ्चालक बताउँछन् । यसैबीच, नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घमा नयाँ कार्यसमिति चयन भएको छ । सङ्घको चौथो वार्षिक साधारणसभाले पुनः विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभाले उपाध्यक्षमा रामचन्द्र पन्थी, महासचिवमा मानबहादुर साउद, सचिवमा चन्द्रकान्त खनाल र कोषाध्यक्षमा सुमन पाण्डेलाई चयन गरेको छ । सदस्यहरुमा श्रीकृष्ण श्रेष्ठ, राजेन्द्र बस्नेत, श्यामकाजी तिमिल्सना, शम्भु अग्रवाल, दूर्गा बस्याल, महेन्द्रराज ब्रजाचार्यलाई चयन गरेको महासचिव साउदले जानकारी दिनुभयो ।

रासस

सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कटहरीमा रेलमार्गको अन्तिम स्टेशन निर्माणले गति लियो
२५७ केजी गाँजा बरामद
पूर्वमन्त्री अफताव आलमको निधन
आजको राशिफलः २०८२ साल कात्तिक २३ गते आइतबार
बिदा स्वीकृत नभएका बीपीका शिक्षकहरू धमाधम बर्खास्त
६ वर्षमा २७ प्रतिशत काम
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
फेरि आन्दोलनमा उत्रिए नोबेलका स्वास्थ्यकर्मी
बीपी प्रतिष्ठानमा बायोप्सी परीक्षण गर्ने बढे
सङ्कटा फुटबल क्लब सेमिफाइनलमा
धरान उपमहानगरको गेटः सुन्दर सहरको ‘कुरूप’ चित्र
एजेन्टका प्रतिनिधिको मिलेमतोमा राजस्व छली
देउसी खेलेर पुनर्निर्माण कोषमा २ लाख एक हजार सहयोग
विरोधाभासपूर्ण हर्कको राजनीति कहाँ पुग्ला ?
आजको राशिफलः २०८२ साल कात्तिक २० गते बिहीबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved