Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • नमुना सडकको काम तीव्रगतिमा

नमुना सडकको काम तीव्रगतिमा

  • माघ २३, २०७३
  • ब्लाष्ट खबर

बुटवल/अन्तर्राष्ट्रिय महत्वका प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेका बुद्धजन्मस्थल लुम्बिनी पुग्न पूर्व– पश्चिम राजमार्गबाट नमुना सडकको परिकल्पना गरी निर्माण कार्यले गति लिएको छ ।

बुटवल– बेथरी सडकअन्तर्गत बुटवलको नहरपुरदेखि बेथरीसम्म नहरको दुबैतिर दुई–दुई लेनको सडक र नहरको छेउछाउमा हरियालीसहितको उद्यान बनाउने योजनासहितको नेपालमै सम्भवत नमुना र महत्वकांक्षी योजनाको रुपमा यसलाई अगाडि सारिएको छ ।

यो सडकलाई भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुद्धजन्मस्थल लुम्बिनीसँग जोड्ने महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै विमानस्थल र बुद्धजन्मस्थल लुम्बिनी पुग्ने वा पूर्व–पश्चिम राजमार्ग निस्कने यात्रुुका लागि आवश्यक पर्ने वैकल्पिक सुन्दर सडकको रुपमा यसलाई अगाडि बढाइएको हो । अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी आवतजावतको प्रमुख मार्गको रुपमा अगाडि सारिएको यो सडक भविष्यमा पर्यटकीय सडकको रुपमा विकास गर्ने लक्ष छ । लुम्बिनी आउने पर्यटक लुम्बिनी बाहिरका पर्यटकीय क्षेत्रमा जाँदा यही सडकको उपयोग गर्नेछन् । यो सडक नमुना हुने भएकाले पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ । रुपन्देहीको बेलवास–बेथरी चार लेन सडकको निर्माण कार्यले गति लिएको छ । अलग–अलग ठेक्का पाएका दुबै ठेकेदारले सडक निर्माणको गति तीव्र पारेका हुन् । सडक निर्माण अन्तर्गत बुटवलको नहरपुरदेखि मोतिपुरसम्म नहर सफा गरेर नहरको दुबैतर्फ पक्की पर्खाल उठाउने काम करिब सकिएको छ । त्यस्तै अमवादेखि बेथरीसम्म नहर सफा गर्ने, अतिक्रमित संरचना हटाउने र पक्की पर्खाल निर्माण गर्ने कामलाई तीव्र पारिएको छ । पहिलो चरणमा नरहको काम सकेर दुवैतर्फको बाटो पक्की गर्नेे योजना छ । रुपन्देही क्षेत्र न– ४ का साँसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पाँच वर्षअघि यो सडकको परिकल्पना गर्नुभएको थियो । सोही अनुसार आफू अर्थमन्त्री हँुदा यो सडकका लागि बजेट विनियोजन गरी योजना अगाडि बढाएको उनले बताए । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीका अनुसार यो सडक मुलुककै नमुनायोग्य हुनेछ । बुटवलको बेलवास झोलुुङ्गेपुल चोकदेखि भैरहवा–लुम्बिनी सडकको बेथरीसम्म २१ किलोमिटर लामो यो सडकको बीचमा नहर छ । अधिकांश स्थानमा स्वतः ट्र्याक खुलिसकेकाले दुई वर्षभित्रै काम सम्पन्न हुने अनुमान कार्यालयको छ । नहरपुर–मोतिपुर–अमुवा हुँदै बेथरी पुगेर भैरहवा–लुम्बिनी खण्डमा जोडिने अहिलेको अव्यवस्थित नहरलाई व्यवस्थित गरेर १० फिटमा सीमित गरिने छ । दुबैतिर सात–सात मिटर फराकिलो सडक र त्यस बाहिर पौने दुई मिटरको साइकल लेन समेत बन्नेछ । यो सडकलाई गौतमबुद्ध विमानस्थल र बुद्धजन्मस्थल लुम्बिनीसँग जोड्ने महत्वपूर्ण पूर्वाधारमध्येको नमुना सडक हुने उनले बताए । गतवर्ष निर्माण सम्पन्न भएको बेलवास झोलुङ्गेपुलस्थित पक्की पुल र निर्माणाधिन बुद्धनगरस्थित पक्की पुलले यो सडकलाई बुटवलसँग पनि जोड्नेछन् । यो सडक निर्माणमा करिब रु दुई अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । सरकारले सन् २०१८ को जनवरीदेखि सञ्चालन गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुनुअघि यसका लागि आवश्यक पूर्वाधारको निर्माणलाई तीव्रता दिइरहको छ । बेलवास–बेथरीसँगै यसै वर्षदेखि भैरहवा लुम्बिनी– ६ लेन र बुटवल–पाल्पा– ४ लेन सडकको निर्माणका लागि समेत तयारी थालिएको छ । विमानस्थल सञ्चालन हुनुअघि बुटवल– भैरहवा– ६ लेन र आन्तरिक बुद्धिष्ट सर्किट र लुम्बिनी परिक्रमा पथको निर्माण सक्ने लक्ष्य छ ।

रासस

सम्बन्धित समाचार
तिमी ध्वजे चढ्यौ ?

आज यात्रा छ । तर अनोठौ केही छैन । यात्राहरु त हिजो पनि त थिए । भोलि पनि त ह ...

जटिल बन्दै ‘मधुमेह’ रोग

धरान। विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय मधुमेह महासङ्घ (इन्टरनेसनल डाइबिटिज ...

उद्यमशीलको खुद मुनाफा ५१ लाख

धरान । सुनसरीको धरानस्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
तिमी ध्वजे चढ्यौ ?
जटिल बन्दै ‘मधुमेह’ रोग
उद्यमशीलको खुद मुनाफा ५१ लाख
८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आगो
वराहक्षेत्र र धरानमा निःशुल्क मधुमेह स्क्रिनिङ
आजको राशिफलः २०८२ साल कात्तिक ३० गते आइतबार
डग स्न्यापिङमा १२ जना लागूऔषध प्रयोगकर्ता पक्राउ
जेन जीको नाममा पीडित भएका धरानेले कहिले पाउने न्याय ?
मिहिनेतकी पर्याय विभा
वैज्ञानिकको सूचीमा डा. सञ्जीव शर्मा
घरबाट धाउने मन्त्री भाडाबापत पैसा लिँदै
निजी विद्यालयहरुलाई दायरामा ल्याऊ
आजको राशिफलः २०८२ साल कात्तिक २८ गते शुक्रबार
निर्वाचनको निश्चितता छैन, दल दर्ता १२५ पुगे
नक्कली प्रमाण–पत्र पेस गर्ने शिक्षकमाथि मुद्दा दायर
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved