काठमाडौं – एकल महिला समूहले सञ्चालन गरेको रातो टिका अभियानमा हजारौं महिलाले ऐक्यबद्धता जनाएका छन् । उनीहरुले देखिने गरी रातो टिका लगाई सामाजिक सञ्जालमा तस्विर पोष्ट गरेका छन् ।

एकल महिला समूहकी अध्यक्ष लिली थापाले गत सोमबार आफ्नो फेसबुकमा ह्यासट्याग रेड टिका च्यालेन्ज सुरु गरेकी थिइन् ।

यो अभियानमा ऐक्यबद्धता जनाउने जोसुकैले कम्तीमा तीन जनालाई यसको जानकारी दिई सहभागी बनाउन समेत उनले आग्रह गरेकी थिइन् ।

यो अभियानमा रातो टिका लगाएको तस्बिर राखी रेड टिका च्यालेन्ज ह्यासट्याग राख्नुपर्ने प्रावधान छ । तीन महिनाभित्रमा पाँच सय जनालाई सहभागी गराउने लक्ष्य रहेकोमा अभियानमा दुई दिनमै एक हजार जना सहभागी भएको थापाले बताइन् ।