विजयपुर / माघ २२ गते धरानमा हुन लागेको ‘प्रथम मुन्धुम साँझ’को तयारी तिब्र रुपमा भइरहेको आयोजकले जनाएको छ । धरानमा पहिलो पटक सुगम संगीत र कविताको एक साथ प्रस्तुत हुने गरि कार्यक्रमको आयोजना हुन लागेको हो । मुन्धुम बुटिक एण्ड मेख्ली हाउसको आयोजनामा कार्यक्रम हुन लागेको हो । मुन्धुम साँझमा गणेश रसिकका गीत तथा कवि उपेन्द्र सुब्बाको कविताहरुको प्रस्तुती रहने आयोजक मुन्धुम बुटिक एण्ड मेख्ली हाउसकी सञ्चालक मुनु मिभकले जानकारी दिइन । सुगम संगीतका गायक तथा संगीतकार गणेश रसिक तथा कबि उपेन्द्र सुब्बाका साथमा स्थानिय कलाकार सुनिता लिम्बुको पनि प्रस्तुती रहने छ । धरान–१५ स्थित चुम्लुङ हिममा आयोजना हुने कार्यक्रमको ‘हामी साथी साथी’टिमको पनि सहकार्य रहेको छ । टिमका गायक सुमन श्रेष्ठले गीत र कविता एकै ठाउमा प्रस्तुत गरिन लागेको यो पहिलो कार्यक्रम भएको बताए । यसले गित संगीतलाई माया गर्ने धराने र साहित्यप्रेमी धरानलाई एक शुत्रमा बाध्न सहयोग पुग्ने छ श्रेष्ठले भने ।