विजयपुर /आफ्नै बाबुलाई छुरा प्रहार गरि हत्या गर्ने साइमन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले कार्कीलाई धरान–८ स्थित भोटेपुलबाट नियन्त्रणमा लिइएको जानकारी दिए । गत आईतबार धरान–१५ स्थित पुष्पाञ्जली मार्गमा रहेको आफ्नै घरमा छुरा प्रहार गरि बाबु अटुराज कार्कीको हत्या गरेका थिए । हत्या गरेर फरार रहेका साइमनलाई सोमबार साँझ असई कुमार तामाङको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो । आइतबार दिउसो दुइ बजे घरायसी बिषयमा बिबाद हुँदा छोराले बाबुलाई छुरा हानेको परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए ।