इटहरी /२०७२ कात्र्तिक २८ गते मोरङको बैजनाथपुरबाट राजेशकुमार रायको को १७ प ७४६९ नम्वरको मोटरसाइकल सहित नगद र गहना गरी दुई लाख रुपैयाँ भन्दा बढी लुटपाट भयो । २०७२ मंसिर ८ गते साँझ साडे ५ बजे मोरङ कोशी हरैचा ४ मा को १३ प ९६०६ न. को स्कुटीलाई छेकी अमृता निरौलाबाट नगद र सुन चाँदीका गरगहना गरी साडे १२ लाख रुपैयाँ लुटपाट भयो ।
मिति २०७३ पुसर १८ गते राती ८ बजेको समयमा बिराटनगर– १९ स्थित पारीजात चोकमा बिराटनगर–१९ बस्ने ४० वर्षीय बृजेश कुमार साहलाई गोली हानी चार लाख रुपैयाँ लुटपाट भयो । २०७३ माघ १२ गते दिउँसो मोरङ सोराभाग गा.वि.समा को १९ प १८५१ न. को मोटरसाइकलमा सवार जिवन बिकास समाज शाखा कार्यलय कर्सियाका कर्मचारी घनश्याम बहरदारलाई गोली प्रहार गरी उनीसँग भएको दुई लाख रुपैयाँ लुटपाट भयो ।
सुनसरी मोरङमा पछिल्लो सयममा लुटपाटका घटना बढीरहेका छन् । तर, प्रहरीले यस्ता लुटपाटमा संलग्नलाई पक्राउ गर्न सकेको थिएन । लागू औषध कारोबारमा संलग्न भएको आशंकमा प्रहरीले पिछा गर्दा प्रहरीलाईनै गोली हाने पछि जवाफी कारवाहीमा घाइते भएका समुहनै यस्ता घटनामा संलग्न भएको प्रहरीको दावी छ । उनीहरु पेशेवर लुटेरा भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए । सोमबार सुनसरीको खनारमा सोमबार प्रहरीको जवाफि कारवाहीमा गोली लागि घाइते भएका तीन जनाको समुह यस्ता झण्डै दुई दर्जन अपराधिक कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवेदीका अनुसार सुनसरी र मोरङमा भएका डेढ दर्जन बढी अपराधिक क्रियकलापमा उनीहरुको संलग्न पाइएको छ । ‘सुनसरी र मोरङमा हुने अपराधिक कृयकलापमा उनीहरु विरुद्ध डेडदर्जन बढी मुद्धानै छन्’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले ब्लाष्टसँग भने ‘ प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर ठूलै सफलता हाप परेको छ ।’ उनीहरु हतियार कारोबारमा समेत संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
सोमबार इटहरी १४ खनारस्थित सुनसरी मोरङ सिचाई आयोजनाको नहर डिलमा सोमबार दिउँसो हतियारधारी समुह र प्रहरी बीच गोली हानाहान भएको थियो । घाइते हुनेमा मोरङ्ग नोचा– ३ का २७ वर्षीय सतन पासवन, मोरङ्ग टङ्कीसिनुवारी ७ का २९ वर्षीय श्रवण सरदार र इटहरी १३ का ४२ बर्षीय शुभलाभ भनिने करिष्मा सरदार रहेका छन् । करिष्मा सरदारको तिघ्रामा ५ राउण्ड, श्रवण सरदारको वायाँ तिघ्रा र सतन पासवानको दुवै नली खुट्टामा गोली लागेको थियो । उनीहरुको धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरी सुरक्षा घेरामा उपचार भइरहेको छ । उनीहरु हतियार कारोबार, लुटपाट एवम् लागू औषधको कारोबारमा संलग्न भएको प्रहरीले जनाएको छ । प्रहरीको जवाफी कारवाही पछि उनीहरुको साथबाट चार थान पेस्तोल त्यसमा लाग्ने तीन थान गोली र लागू औषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस बेला उनीहरुले प्रयोग गरेको को २२ प ६३६३ नम्वरको मोटरसाइकल समेत एक महिना अघि खनारबाटै लुटिएको को २० प ९८८० नम्वरको रविना चौधरीको नाममा रहेको मोटरसाइकल भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवेदीले जनाए । उनीहरुको झोलाबाट को १५ प २७२८ नम्वरको मोटरसाइकल नम्वर पनि फेला परेको थियो । सोमबार खनार बजारमा प्रहरीको पूर्वाञ्चल ब्यूरो टोलीसँग उनीहरुको जम्काभेट भए पछि प्रहरी टोलीले पिछा गरेको थियो । हतियार धारी समूहले प्रहरीलाई लक्षित गरेर फायर शूरु गरे पछि प्रहरीले जवाफी कारवाही गरेको थियो ।
कारवाहीमा घाइते भएको समुह सुनसरीको एकम्बा, तित्रीबन लगायतको एरियाबाट मोटरसाइकल र नगद डाका गरी लगेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पकलीमा पनि उनीहरु विरुद्ध २०७२ कात्र्तिक २८ गते रामधुनी भासी ७ चतराझुम्का नहर डिलमा महेन्द्रनगर १ बस्ने विकेश रौनियारलाई हतियार पेस्तोल देखाई पल्सर मोटरसाइकल र नगद २० हजार रुपैयाँ लुटेको उजुरी छ । यस्तै गत मंसिर ४ गते रामधुनी ५ लोकमार्गमा ईनरुवा ५ बस्ने शिव कुमार पन्डितको स्प्लेण्डर मोटरसाइकल र नगद लुट्ने समुह पनि उनीहरुनै भएको प्रहरीले जनाएको छ । यसै गरी २०७३ माघ २३ गते ईटहरी १५ झुम्का नहरमा २६ वर्षीय भविशेष चौधरीलाई गोली हानी घाईते बनाएको इटहरी प्रहरीले जनाएको छ ।
यता इटहरीमा सोही समुहले २०७२ कात्र्तिक १४ गते ईटहरी ७ का प्रतिक रायमाझीको नगद एक लाख ७५ हजार रुपैयाँ र ल्यापटप लुटेको निवेदन रहेको इटहरी प्रहरीले जनाएको छ । गत मंसिर १२ गते ईटहरी ४ आईतबारेमा मन्दिरा बस्नेत नगद तथा ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ । दुहवी प्रहरीमा पनि उनीहरु विरुद्ध डाका मुद्धा रहेको प्रहरीले जनाएको छ । यता वेलवारी प्रहरीमा दर्ता भएको कोशी हरैचा नगर पालीका वडा नं. ४ मा २०७२ मंसिरमा को १३ प ९६०६ नं. को स्कुटर रोकी पेस्तोल देखाई अमृता निरौलाले बोकेको लेडिज व्यागमा भएको सुनका गहना र नगद गरी १२ लाख रुपैयाँ भन्दा बढी धनमाल लुटपाट गर्ने समुह पनि उनीहरुनै भएको प्रहरीको दावी छ ।