तरहरा/ लाईसेन्स वनाईदिन्छु भन्दै मोटो रकम लिने यातायात कार्यलय सवारीचालक अनुमती पत्र शाखाका लेखापाल घुस लिदालिदै रङ्गेहात पक्राउ परेको छन । मङ्गलवार बिहान करिब ८ वजे कार्यलयमै सेवाग्राहीहरु सँग पैसा लिदै गर्दा ४० हजार सहित लेखापाल भुपेन्द्र कटुवाल पक्राउ परेका हुन । चार जनाको लाईसेन्स वनाईदिने भन्दै उनले ४० हजार रकम लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलयको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

कार्यलय समय अगाडीनै कार्यलय आएर सर्वसाधरणहरुलाई मोटो रकम लिई लाईसेन्स वनाईदिदै आएको उनको केहि समय देखि अख्तियार पछि लागेको थियो । तर आईतवार उनलाई रगेहात पक्राउ गर्ने सफल भयौ अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय इटहरीका प्रमुख प्रेम प्रसाद भट्टराईले भने । जनमानसलाई १५ सय रुपैयाँ राजश्व पर्ने लाईसेन्स १० हजार रुपैयाँ सम्म वेच्ने गरेको जनताको गुनासोको आधारमा उनलाइ पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनले यस अघि पनि लाईसेन्स पैसा धेरै लिएर वनाई दिएको अख्तियारको दावी छ । लामो समय देखि सर्बर नचल्दा कार्म ठप्प भईरहेको कार्यलयमा विहानै आएर सर्वसाधरणबाट पैसा लिएको आरोपमा उनलाई पक्राउ गरेको अख्तिायर कार्यलयका प्रमुख भट्टाराईले वताए । यातायात कार्यलयमा दलालहरुको समेत विगविगी हुने गरेको छ ।

पछिल्लो समयमा लाईसेन्स कडा भए सँगै लाईसेन्स विक्रि हुन थालेको भन्दै अख्तियारले चासो देखाएको हो । लेखापाल पक्राउ परे सँगै आपँगाछी तथा आसपासको सर्वसाधरणहरुको यातायात कार्यलयमा विहानै भिड लागेको थियो । अख्तियार कार्यलयले भने पक्राउ गरी अनुसन्धान थाल्ने वताएको छ ।