धरान/ आइतबार साँझ धरान–१८ स्थित शिवमार्गमा युवा सङ्घ नेपाल धरानका इञ्चार्ज दिवस राई र मिलन राईमाथि आक्रमण गर्नेहरुविरुद्ध किटानी जाहेरी परेको छ ।इलाका प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाका अनुसार अाफुहरुमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भन्दै घटनाका घाइते मिलन राईले जाहेरी दिएका हुन् ।

आफुहरुको ज्यान लिने उद्देश्यले नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष बिकसहितको समूहले आक्रमण गरेको भन्दै घाइते मिलन राईले किटानी जाहेरी दिएका हुन् ।आरोपी बिकलाई प्रहरीले आइतबारनै नियन्त्रणमा लिएको थियो भने सोमबार जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी ल्याएको छ । अन्य आरोपीहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी खतिवडाले बताए ।

आक्रमणबाट गम्भीर घाइते भएका युवा सङ्घ धरानका इञ्चार्ज दिवस राईलाई भने थप उपचारका लागि सोमबार काठमाडांै लगिएको छ ।यसैबीच युवा सङ्घ नेपाल सुनसरीले घटनाको निन्दा गर्दै संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रशासनसँग माग गरेको छ । सङ्घका सुनसरी अध्यक्ष गौरीमान परियारले सोमबार विज्ञप्ति जारी गरी एमालेप्रति युवाको बढ्दो आकर्षणबाट अत्तालिएकाहरु आक्रमणमा उत्रिएकाले यस्ता आपराधिक गतिविधिमा संलग्नलाई गिरप्तार गरी कारबाही गर्न माग गरेका छन् । काङ्ग्रेसका धरान उपमहानगर सभापति तिलक राईले भने घटनाप्रति दुःख व्यक्त गर्दै आपूmहरु चिन्तित भएको बताए ।

घटनामा राजनैतिक दलका जिम्मेवार व्यक्तिहरुनै संलग्न भएकोले घटना कसरी भयो भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।केही दिनअघि बीपी प्रतिष्ठानभित्र सञ्चालित टेक्सन फुड कर्नरमा सुमित तामाङ र मनोज लिम्बूको समूहबीच भएको कुटाकुटको विषयलाई लिएर छलफल हुँदैगर्दा दिवस र सन्तोष समूहबीच झडप भएको प्रहरी श्रोतले जानकारी दिएको छ ।