विजयपुर/आफ्नै बाबुर्लाइ छुरा प्रहार गरि हत्या गर्ने साइमन कार्किलाई प्रहरीले पक्राउ गरेको छ इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले कार्किलाई धरान–८ स्थित भोटेपुलबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।
गत आईतबार धरान–१५ स्थित पुष्पाञ्जली मार्गमा रहेको आफ्नै घरमा छुरा प्रहार गरि बाबु अटुराज कार्कीको हत्या गरेका थिए । हत्या गरेर फरार रहेका साइमन लाई सोमबार साँझ पक्राउ गरेको हो ।
आइतबार दिउसो दुइ बजे घरायसी बिषयमा बिबादहुँदा छोराले बाबुलाई छुरा हानेको परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए ।