धनकुटा/ जिल्लाको महाभारत गाविस–९ तातोपानीमा सोमबार अपराह्न भरुवा बन्दुक प्रहारबाट स्थानीय एक युवकको मृत्यु भएको छ ।बहुला कुकुरले आफ्नी सानीमालाई टोकेपछि स्थानीय दिव्य माइला भनिने दीपबहादुर राई कुकुर मार्न भरुवा लिएर महाभारत–२ का ३० वर्षीय सविन राईसँग गाउँ पसेका थिए ।
दुवैले कुकुरलाई लखेटेका थिए । छेका मारेर दीपबहादुरले कुकुरलाई प्रहार गरेको गोली लागेर साथी सविनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।कुकुरले सारा गाउँलेलाई आतङ्कित पारेपछि कुकुर मार्न हिँडेका दुवैजनाको सावधानीले घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनामा संलग्न दीपबहादुर भने फरार छन् ।
उनको खोजी कार्य भइरहेको जिल्लाका एसपी सुदीप राजभण्डारीले जानकारी दिए । मृतकको शव सोमबार साँझसम्म घटनास्थलमै रहेको राजभण्डारीले बताए ।