बिर्तामोड/ क्रिएटिभ नेप्लिज युथले सहिद दिवसको अवसरमा अन्तर क्याम्पस कबिता लेखन तथा वाचप्रतियोगिता सम्पन्न गरेको भएको छ ।
युथका अध्यक्ष टिकाराम धमला (रन्जन) को सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षासेवी जयनारायणढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । युथका सहसचिव मौसम खड्काले स्वागत गरेको कार्यक्रममा सदस्य हरिकृष्ण भण्डारीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा मनकामना बहुमुखी क्याम्पसकी सुनिरा मैनाली प्रथम, मेची क्याम्पसका तिर्थ ढुङ्गाना द्धितीय, कन्काइ क्याम्पसकी मनिता सिटौला तृतिय र कन्काई क्याम्पसकै हिरा अधिकारी सान्त्वना भएका थिए । विजेताहरुलाई नगद पुरस्कारका साथमा प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको थियो ।
उक्त कार्यक्रमको कञ्चनजङ्गा एफएमका समाचार सम्पादक तथा कार्यक्रम सञ्चालक केशव भट्टराई र मनकामना क्याम्पसका सह क्याम्पस प्रमुख राजेन्द्र प्रसाईंले निर्णय गरेका हुन् । कन्काइ क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा सम्पुर्ण सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । जम्मा ८ ओटा क्याम्पस को सहभागीता रहेको थियो ।