इटहरी / 
इटहरी १४ स्थित खनारमा प्रहरी र हतियारधारी समुहबीच गोली हानाहान भएको छ । मोटरसाइकलमा सवार प्रहरीलाई लक्षित गरी गोली प्रहार भए पछि जवाफी कारवाहीमा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । प्रहरीले ६ राउण्ड गोली प्रहार गरेको बताइएको छ । घटना सोमबार २ बजेतिर भएको हो । प्रहरीले घटनास्थलबाट दुई थान पेस्तोल, तीन राउण्ड गोली र लागू औधष समेत बरामद गरेको छ । इटहरी १४ स्थित खनारमा एकम्वा तर्फ जाने कच्ची बाटोमा सो घटना भएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागि सचन पासवान, श्रवण सरदार करिस्मा चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवेदीले जानकारी दिए । केही दिन अघि एकम्वामा एक युवकमाथि गोली हानने र विराटनगरमा गोली चलाई रकम लिएर फरार व्यक्ती उनीहरु हुन सक्ने प्रहरी श्रोतको भनाई छ । के कारणले गोली हानाहान भएको भन्ने बारे प्रहरीले थप अनुसन्धान गरिहेको छ ।