काठमाडौँ/  कुलेश्वरको नयाँबस्तीस्थित टहरामा गएराति भएको आगलागीबाट करिब रू तीन करोड २२ लाखको क्षति भएको छ । कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगलागीबाट २७ वटा सटर जलेका छन् । सो बस्तीका घरवेटी ब्रम्ह् महर्जनले सटर बनाइ भाडामा सञ्चालन गरेका थिए । उक्त बजारमा १२ जनाले विभिन्न पसल सञ्चालन गरेका थिए ।

त्यस क्षेत्रमा खाद्यान्न्न, चमेना गृह, टेलरिङ, मासु, तरकारीजन्य पसल सञ्चालन गरिएको थियो । त्यहाँका केही पसल पूर्णरुपमा तथा केही आंशिक क्षति पाइएको छ ।

वृत्तका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले कस्मेटिक पसलबाट सुरु भएको आगो अन्य पसलमा समेत सल्किएको जानकारी दिँदै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताए । सुरक्षाकर्मी, दमकल, स्थानीयवासीलगायतको सहयोगमा आगलागी करिब राति १०.३० बजे नियन्त्रणमा लिइएको थियो ।