
धरान/ धरानका दुई युवा समूहबीच आइतबार साँझ करीब साढे ८ बजे भएको झडपमा परी एमालेसम्बद्ध युवा सङ्घका धरान इञ्चार्ज दिवस राई गम्भीर घाइते भएका छन् । राईको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भइरहेको छ । उनको अवस्था सुधारउन्मुख रहेकाे प्रहरीले जनाएकाे छ । आक्रमणमा घाइते भएका मिलन राईको अवस्था भने सामान्य रहेको उनले जनाए । स्रोतले दिएको जानकारीअनुसार धरान–१८ स्थित शिवमार्गमा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सन्तोष विकको समूहले एमालेका धरान नगर सदस्यसमेत रहेका राईमाथि घरेलु हतियारले आक्रमण गरेको थियो । धरानको इलाका प्रहरी र्यालयका डीएसपी ढकेन्द्र खतिवडाले घटनामा संलग्न भएको आरोेपमा विकलाई नियन्त्रणमा लिइएको बताए । अन्यको खोजी भइरहेको पनि उनले जनाए । स्रोतका अनुसार माघ १० गते राति बीपी प्रतिष्ठान हाताभित्र रहेको टेक्सन फुड कर्नरमा केही युवाबीच विवाद हुँदा स्थिति हात हालाहालसम्म पुगेको थियो । सोही विषयलाई मिलाउन विक र राईको समूह आइतबार भेला भएका थिए । भेलामा छलफल हुँदै गर्दा विवाद बढेपछि दुवै पक्षबीच कुटाकुट शुरु भएको थियो । त्यसै क्रममा राईमाथि धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेकोले घटनाको कारण अहिले नै भन्न नसकिने धरानका डीएसपी खतिवडाले जानकारी दिए । ‘घटना भएको जानकारी पाउनासाथ हामी घटनास्थलमा पुगेका थियौँ’, खतिवडाले भने, ‘घटनास्थलमा पुग्दा दिवसलाई लडिरहेको अवस्थामा भेटेपछि प्रहरीले रेस्क्यु गरेको थियो ।’
ब्लाष्टकर्मीमाथि दुव्र्यवहार धरानका दुई युवा समूहबीच भएको झडपको समाचार सङ्कलन गर्न बीपी प्रतिष्ठान पुगेका दुईजना ब्लाष्टकर्मीमाथि दुव्र्यवहार भएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा पुगेका ब्लाष्टका प्रमुख संवाददाता चन्द्रमणि कट्टेल र संवाददाता योगेशबाबु काप्mलेमाथि दुव्र्यवहार भएको हो । एमाले धरानका उपाध्यक्ष नारायण सुवेदीसहितको समूहले आपूmमाथि दुव्र्यवहार गरेको कट्टेलले बताए । सँगै गएका ब्लाष्टकर्मी काप्mलेले आपूmमाथि श्री सुब्बाले दुव्र्यवहार गरेको जनाए । एमाले धरानका उपाध्यक्ष सुवेदीले भने आपूmले कसैमाथि दुव्र्यवहार नगरेको बताए । ‘कट्टेलजीले व्यक्तिगत आक्षेप लगाउनुभएको होला, मैले दुव्र्यवहार गरेको छैन ।’