विजयपुर/धरान २२ स्थित खैरेनी जंगलबाट शनिबार भरुवा बन्दुक सहित तिन जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एक थान भरुवा बन्दुकसहित धरान–२२ बस्ने बिरु लिम्बु, निशल राई र पर्वत राई रहेको पुर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरको आधिकारीक वेवसाइडमा उल्लेख छ ।उनीहरुलाई प्रहरी चौकी पानबारीको टोलीले विशेष सुचनाका आधारमा शनिबार दिउँसो पक्राउ गरेको हो।पक्राउ परेका तिनै जनालाई आबश्यक अनुसन्धानकालागि नियन्त्रणामा राखेकाे इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जनाएका छन् ।