सिन्धुली / झन्डै १५ दनअघि पिपलमाढीको ९ झुवाडेमा गाँजा फाँड्न गएको प्रहरी टोलीका चार जना बिरामी परेका छन् । गाँजा फाँड्न १५ जनाको टोली त्यता गएको थियो ।
तीन दिनसम्म गाँजा फाँडेर फर्किएलगत्तै उनीहरु बिरामी परेका थिए । उनीहरु अझै ठीक नभएको प्रहरी निरीक्षक सुनजित तामाङले बताए । इलाका प्रहरी कार्यालयका लोखापालसहित चारजना बिरामी परेको बताइएपनि नाम खुल्न सकेको छैन ।
गाँजा डढाउँदा आएको गन्धले उनीहरु बिरामी परेको तामाङको दाबी छ । सो टोलीले तीन दिनमा २१ बिघामा लगाएको गाँजा नष्ट गरेको थियो ।