काठमाडौँ / समाजसेवी अनुराधान कोइरालालाई भारत सरकारको सबै भन्दा सम्मानित पद्मश्री पदकबाट सम्मानित गरिने भएको छ । माइती नेपालकी अध्यक्ष कोइरालाले दशकौँदेखि चेलिबेटी बेचबिखन बिरुद्ध अभियान चलाउदै आउनुभएको छ । सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गरेको भन्दै भारतले कोइरालालाई यो सम्मान बाट सम्मानित गर्ने निर्णय गरेको हो । भारत लगायतका देशमा बेचिएका चलिहरुको उद्धार गर्दै माइती नेपालमा आश्रय दिदै समाजमा पुर्नस्थापना गर्ने काम गरिरहनुभएको छ । यस अघि उहाँले यस क्षेत्रमा योगदान पु¥याएको भन्दै अन्तर्रा्ष्टिय प्रतिष्ठित सिएनएन हिरो लगायत थुर्पै अन्तर्रा्ष्टिय पुरस्कार समेत हात पार्नुभएको छ । यसका अलवा यो बर्षको पद्मश्री बाट भारतिय क्रिकेट टिमका कप्तान विराट कोहलीदेखि विभिन्न क्षेत्रका हस्तीहरु सामेल रहेका छन । सो पुरस्कारबाट सम्मानित हुने अन्यहरुमा बलिउड चर्चित हस्तिहरु अनुराधा पौडवाल, कैलाश खेर र संजिव कपूर छन । यस्तै अलावा थंगावेलु, अशोककुमार भटटाचार्य लगायतका चर्चित भारतिय व्यक्तित्वहरु रहेका छन ।