कोहलपुर, (बाँके)/ नेपाल बैंक लिमिटेडले कोहलपुरमा १२९औँ शाखा विस्तार गरेको छ । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले आज यहाँ आयोजित समारोहमा सो शाखा शुभारम्भ गर्दै नेपालकै सबैभन्दा पुरानो बैंक नेपाल बैंक भएकाले यसले यसप्रति ग्राहकको विश्वसनीयता बढ्दै गएको बताए । बैंक सञ्चालक समितिका सदस्य डा डम्बरबहादुर भण्डारीले कोहलपुर क्षेत्र मध्यपश्चिम क्षेत्रकै केन्द्रबिन्दु भएकाले यसबाट ग्राहकलाई सेवा दिन सहज हुने उल्लेख गरे । -रासस