धरान/धरानमा शनिबारदेखि तेह्रौं ‘धरान सडक उत्सव’ सुरु भएको छ । उत्सवको उद्घाटन नेपाल पर्यटन वोर्डका कार्यकारी प्रमुख दीपक जोसीले गरे ।
[caption id="attachment_24312" align="alignnone" width="595"]

सडक उत्सवको उद्घाटनको क्रममा पुरस्कृत पत्रकार सन्तोष काफ्लेलाई सम्मान पत्र हस्तान्तरण गर्दै प्रमुख अतिथि नेपाल पर्यटन वोर्डका कार्यकारी प्रमुख दीपकराज जोसी । तस्बिरः ब्लाष्ट[/caption]
उद्घाटन गर्दै जोसीले धरानलाई पर्यटकीय नगरी बनाउन सकिने प्रसस्तै आधारहरु रहेको बताउँदै यसका लागि पर्यटन वोर्डले भूमिका खेल्ने बताए । उनले शिक्षा, स्वास्थ्य, धार्मिक हिसावले पनि धरान धेरै अघि रहेको बताए । यसलाई क्यास गर्न सकिएमा धरानको पर्यटन ह्वात्तै बढ्ने विश्वास व्यक्त गरे । उनले यस्ता सडक उत्सवहरुले धरानको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने बताए । त्यसका लागि आयोजक होटल एसोसिएन अफ धरानलाई धन्यवाद ज्ञापन गरेका छन् ।
पर्यटन व्यवसायी कृष्णकुमार साहले धरान, इलाम र ताप्लेजुङलाई जोडेर ग्रिन इष्ट बनाउने अभियानलाई यो सडक उत्सवले थप मद्दत पुगेको बताए । होटल एसोसिएसन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले भूकम्प तथा नाकाबन्दीका कारण पर्यटन व्यवसाय खस्किरहेको अवस्थामा यस्ता उत्सवहरुले केही मद्दत पुर्याउने उनले बताए ।
उनले बल्ल तग्रिदै गएको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले नै उत्सल लगाइएको बताए । यसैबीच पत्रकार सन्तोष काफ्लेलाई पाँच हजार नगदसहितले सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पर्यटन वोर्डका कार्यकारी प्रमुख जोसीले सम्मान पत्र हस्तान्तरण गरेका छन् ।
यसै अवसरमा साइक्लिङ प्रतियोगिता समेत गरिएको छ । साइक्लिङ प्रतियोगितामा जुनियर तर्फ दीपक जिमी प्रथम बनेका छन् । त्यस्तै अपर्ण गुरुङ दोस्रो र सन्देश गुरुङ तेस्रो बने । जिमीले कुल ८ किलोमिटर दुरी ११ मिनेट ९ सेकेण्डमा पार गरेका थिए । त्यस्तै अर्पणले ११ मिनेट १५ सेकेण्ड र सन्देशले १२ मिनेट ५० सेकेण्डमा पूरा गरेका थिए । महिला तर्फ विदेशी नागरिक केट पार्किङ प्रथम बनिन् ।
उनले १३ मिनेट २० सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन् । त्यस्तै ममता राई दोस्रो बनिन् । उनले १६ मिनेट १० सेकेण्डमा दुरी पूरा गरेकी थिइन् । त्यस्तै एलिट तर्फ किरण राई विजेता बनेका छन् । १४ ल्यापको दुरी उनले २३ मिनेट ९ सेकेण्डमा पूरा गरेका थिए । त्यस्तै अभिषेक राई दोस्रो र सुभ राई तेस्रो बनेका छन् । उनले निर्धारित दुरी २४ मिनेट ८ सेकेण्ड र सुभले २७ मिनेट ५ सेकेण्डमा दुरी पूरा गरेका थिए ।
विजेतालाई क्रमशः ३, २, १ हजार रुपैयासहित प्रमाण पत्र वितरण गरिएको छ । जुनियरमा १० जना भिडन्त गरेका थिए भने महिलामा २ जना र एलिटमा चारजना भिडन्त गरेका थिए । सुनसरी साइकल एसोसिएसनको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
उत्सवमा ९० वटा स्टलहरु राखिएका छन् । जसमा ६० वटा खानाका परिकारहरु रहेका छन् । यसपटक भिक्टोरी स्कुलले पनि स्टल राखेको छ । होटल म्यानेजमेन्ट गरिरहेका विद्यार्थीहरुको पाककलालाई निर्खाने उद्देश्यले स्टल राखिएको स्कुलले जनाएको छ ।