धनकुटा/ नेपाल तामाङ घेदुङ म्याङ्गलुङ्ग नगर समिति तेह्रथुमको प्रथम ऐतिहाशिक नगर अधिवेशनले हर्कवहादुर योञ्जन तामाङलाई सर्वसम्वत रुपमा नगर घेदुङको अध्यक्ष पदामा सर्वसम्वत चयन गरेको छ ।नेपाल तामाङ घेदुङ १ न. प्रदेस समितिका अध्यक्ष मित्रसेन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम म्याङ्गलुङ्ग नगरपालिकाको ऐतिहाशिक नगर अधिवेशनले उपाध्यक्षमा गंगावहादुर तितुङ तामाङ, सचिवमा कमल तामाङ, सह–सचिवमा अगमवहादुर तामाङ र कोषाध्यक्षमा देवीमाया तामाङ सहित ११ सदस्यीय नगर कार्य समिति गठन गरिएको छ ।
म्याङ्गलुङ्ग नगरपालिकामा १३ वटा वडा रहेको र १३ वटै वडावाट एक÷एक जनालाई समेटर वाँकी वडाका प्रतिनिधि माग गरेर १३ सदस्य नगर समिति वनाउने तयारी रहेका र वाँकी २ वडावाट दुई जना सदस्य मनोनयन गर्ने गरी १३ सदस्य म्याङ्गलुङ नगर समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष हर्कवहादुर योञ्जन तामाङले वताएका छन् ।प्रथम नगर अधिवेशनको उद्धघाटन गर्दै नेपाल तामाङ घेदुङ एक नम्वर प्रदेशका अध्यक्ष मित्रसेन योञ्जन तामाङले घेदुङ प्रदेश नं.१ ले तामाङ समुदायलाई राजनितिक जागरण ल्याउन अभियान संचालन गरिहेको वताएका छन् ।
अध्यक्ष योञ्जनले गएको अशोज १३ गते धनकुटाको हिलेमा सम्पन्न ऐतिहाशिक प्रदेश भेलाले दिएको म्याण्डेट अनुसार प्रदेश समितिले आफ्नो अभियान तामाङ समुदायमा अघि वढाईरहेको वताएका छन् । सो अवसरमा उनले तामाङहरुको ल्होछार नजिकै गएकाले ल्होछारमा आयोजना हुने हरेक कार्यक्रममा तामाङ राजनितिक जागरणको सन्दर्भमा व्यापक छलफल तथा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिने जानकारी समेत दिएका छन् ।
जिल्ला घेदुङका सदस्य एवं जेष्ठनागरिक चन्द्रवहादुर तामाङको अध्यक्षतमा सम्पन्न प्रथम नगर अधिवेशन उद्धघाटन सत्रमा आदिवासी जनजाति महासंघ तेह्रथुमका अध्यक्ष काजी लिम्वु, आदिवासी जनजाति पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष मनु याक्थुङ्गबा, घेदुङका निर्वतमान जिल्ला अध्यक्ष एवं वर्तमान संल्लाहकार संयोजक ऐतवहादुर योञ्जन तामाङ, प्रदेश नं.१ का सदस्यद्धय कृष्ण तामाङ,रेखवहादुर घिसिङ, जिल्ला सचिव चन्द्रा थिङ्ग तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।