इलाम/इलाममा हिसांत्मक घटनाहरु दिानुदिन वृद्धि भइरहेको छ । जिल्लामा घरेलु हिसां,आत्महत्या,आपराधिक घटना,बालिका बलात्कारका घटनाहरु पछिल्लो समयमा वृद्धि भइरहेको जिल्ला प्रहरि कार्यालय इलामले जनाएको छ ।आर्थिक वर्ष ०७३÷०७४ को जिल्ला प्रहरि कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो समयमा घरेलु हिसांका २२ वटा घटनाहरु दर्ता भएकोमा सबै मिलापत्र भएका छन् । यस्तै जजक उद्योगका २४ वटा घटनामध्ये बालिका बलात्कारका १५ घटनाहरु घटेका छन् ।

असार महिनादेखि यता बालिका बलात्कारका घटना वृद्धि हुनमा बालबालिकाको सुरक्षामा अभिभावकको कमजोरी रहेको कारण नै घटना हुने गरेको प्रहरि नायव उपरिक्षक मेन्द्र कुमार श्रेष्ठले जानकारी गराए । ०७३÷०७४ मा हराएका मानिसहरुको संख्या ८९ रहेकोमा महिला ५१ जना,बालक तिन र बालिका सात जना रहेका छन् भने १६ जनाको उद्धार गरिएको छ । यस्तै बहुविवाहका घटनामध्ये चार जना र मानव ओसारपसारका दुई वटा घटना दर्ता भएको छ ।गत असार महिनामा आत्महत्या गर्ने महिला तथा बालबालिकाहरुमध्ये आत्महत्या गर्नेको संख्या ३२ रहेको छ । जसमा विष सेवन, झुण्डिएर र भवितव्यबाट आत्महत्या भएको प्रहरि कार्यालयले जानकारी दिएको हो ।

जिल्लामा आत्महत्याका घटनाहरुमा वृद्धवृद्धा,बालबालिका समेतले आत्महत्या गर्ने कारण सामाजिक तथा आर्थिक स्तरमा कमजोर,आत्मसम्मानपूर्वक बाच्ँन पाउने अधिकारबाट बञ्चितकाकारण हुने गरेको विश्लेषण गरिएको प्रहरि नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । यस्तै अपराधिक क्रियाकलाप बढ्नुका कारण स्थानीय स्तरबाट सुरक्षा,प्रचारप्रसार नभएको, सम्बन्धित निकायबाट जनचेतना अभिवृद्धि नभएको साथै बालबालिकाको सुरक्षामा अभिभावकको कमजोरी लगायतका कारणहरु रहेको श्रेष्ठले बताए । पहाडी जिल्लामध्ये इलाममा शान्ति सुरक्षाका दृष्टिले अन्य जिल्लाका तुलनामा कम घटना घट्ने गरेको र यसलाई अझ निर्मूल पार्न सम्बन्धित स्तरबाट सुरक्षा, जनचेतना फैलाउने हो भने घटनाहरु अझ घटेर जाने बताए ।