काठमाडौं /बाँके र बर्दियाका सीमानाकामा भारतीय काठ तस्कर बढ्दै गएका छन् । केही दिनदेखि भारतीय सीमानामा प्रहरीले छापा मार्दै लुकाइएका भारतीय चोरीका काठ बरामद गरेको छ भने केही तस्करहरुलाई नियन्त्रणमा लिएको छ ।
फाइल तस्वीर

फाइल तस्वीर।

  अचेल दिनदिनैजसो प्रहरीले नाकाबाट काठ तस्करीमा प्रयोग हुने भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा चारी निकासीमा संलग्नलाई पक्राउ गरिरहेको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । नेपाली सीमानजिकैको भारतीय जंगलबाट निकासी भएका काठ नेपाली काठ व्यपारीले सस्तोमा किन्छन् र बजारमा महंगोमा बिक्री गर्छन् । खासगरी भारतीय जंगलबाट सागवनका काठ नेपालमा पैठारी हुँदै आएको छ । प्रहरीका अनुसार रातको समयमा बग्गी, मोटरसाइकल तथा साइकलबाट तस्करले नाकाहुँदै चोरीका काठ नेपाली बजारमा ल्याउँछन् । त्यहाँबाट नेपाली बिचौलियाहरुले यहाँका व्यापारीको गोदामसम्म काठ पुर्‍याउँछन् ।