धनकुटा/ हिले वचत तथा ऋण सहकारी संस्था लि. धनकुटा–१ हिलेको शुक्रवार सम्पन्न छैटुङ्ग वार्षिक साधरणसभाले भिष्म प्रसाद खतिवडालाई अध्यक्ष पदमा सर्वसम्वत रुपमा चयन गरेको छ । जिल्ला सहकारी संघ धनकुटाका उपाध्यक्ष राजेन्द्र वस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न सम्पन्न छैटुङ्ग वार्षिक साधरणसभाले उपाध्यक्षमा नहकुल राई, सचिवमा दिपक घिमिरे र व्यावस्थापकमा टंक राईलाई पनि सर्वसम्वत चयन गरिएको छ । त्यसैगरी सहकारीको सदस्यहरुमा पुर्ण कट्वाल, मञ्जु तामाङ, अम्विका घिमिरे, खड्ग वहादुर कार्की, जमुना तामाङ र सुरेन्द्र थापालाई चयन गरिएको छ ।
“वचत गर्ने वानी, सुनौलो जीन्दगानी” भन्ने मुल नाराको साथ आयोजना गरिएको छैटुङ्ग वार्षिक साधरणसभाले लेखा समितिको संयोजकमा गौरव कार्की, ऋण उपसमितिको संयोजकमा सिताराम थिङ तामाङ र अन्तर संघ–संस्था समन्वय उपसमितिको संयोजकमा निवर्तमान अध्यक्ष भोगेन्द्र थापालाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष भिष्म प्रसाद खतिवडाले ब्लाष्टलाई वताएका छन् ।
अध्यक्ष भोगेन्द्र थापाको अध्यक्षतामा सम्पन्न छै्रटुङ्ग वार्षिक साधरणसभामा आ.व.०७२÷०७३ को असार सम्मको संस्थाको संस्थागत प्रगती विवरण समेत प्रश्तुत् गरिएको थियो । सो अवसरमा अध्यक्ष थापाले आ.व.०७२÷०७३ मा पुँजि निर्माण तर्फ शेयर विक्रि, निक्षेप संकलन, निक्षेप फिर्ता, ऋण लगानी र ऋण अशुली गरी १ करोड, १० लाख, ८५ हजार, ९ सय ७५ रुपयाँ भएको जानकारी गराएका छन् ।
त्यसैगरी आम्दामी तर्फ आ.व.०७२÷०७३ मा लगानीको व्याज, प्रवेश शुल्क र विविध गरी ६ लाख, ३३ हजार, ७ सय १४ रुपयाँ भएको वताएका छन् । अध्यक्ष थापाले खर्च तर्फ आ.व.०७२÷०७३ मा तलव, घरभाडा, व्याज खर्च, संचार मसलन्द, साधरणसभा खर्च लगायतको गरी ३ लाख, १५ हजार, ६ सय ३६ रुपयाँ भएको जानकारी सो अवससमा दिएका थिए । सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष शान्ति खड्का, हिले माविका प्राचार्य रमेश घिमिरे, लेखा समितिका संयोजक गौरव कार्की लगायतले नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुको कार्यकालको सफलताको शुभकामना मन्तव्य राखेका थिए । साधरणसभाको संचालन सहकारीका सचिव दिपक घिमिरेले संचालन गरेका थिए ।