basti विजयपुर/लामो समयदेखि बिबादास्पद बनेको धरान –८ स्थित तिनकुने सुन्दर बस्ती बिकाश आयोजनाको बिषयमा शनिबार धरान उपमहानगरपालीकाले स्थानिय र सरोकारवालाको गुनासो संकलन गरेको छ ।धरान उपमहानगरपालीकाले तिनकुने सुन्दर बस्ती बिकाश आयोजनाको कामलाई अगाडि बढाउने निर्णय गरेपछि स्थानियका गुनासा सुन्दै समाधान खोज्न कार्यक्रम आयोजना गरिएको हो ।बिकाश निर्माणको बिषयमा सार्बजनिक कार्यक्रमनै गरेर स्थानियको गुनासो सुनिएको यो पहिलो घटना हो ।

धरान उपमहानगरपालीकाले धरान–८ स्थित सहिद स्मृती माबि मा तिनकुने सुन्दर बस्ती बिकाश आयोजनासँग सम्बन्धित स्थानिय,राजनैतिक दल र सरोकारवालाहरु लाई भेलापारेर सुन्दर बस्ती बिकाश आयोजनाका बारेमा खुल्ला रुपमा गुनासो सुन्न ेकाम गरिएको धरान उपमहानगरपालीकाका बरिष्ट कर अधिकृत तथा तिनकुने सुन्दर बस्ती बिकाश आयोजनाका आयोजना प्रमुख खगेन्द्रप्रसाद खतिवडाले बताए ।कार्यक्रममा गुनासो राख्दै स्थानिय तुलशा गुरुङले धरान उपमहानगरपालीकाका कर्मचारीहरुको भ्रष्ट मनोबृति का कारण आफुहरुले दुख पाएको बताइन ।

तिनकुने सुन्दर बस्ती बिकाश अयोजनामा बसपार्क निर्माण गर्ने भनि स्थानियलाई झुक्याएर कर्मचारीलहरुले आफुहरुको जग्गा कब्जा गरेको आरोप लगाइन ।तिनकुने सुन्दर बस्ती बिकाश अयोजना सञ्चालन गरिदा स्थानियलाई न्याय हुनेगरि छलफल गरेर मात्र अगाडि बढाउन उनले माग गरिन । स्थानिय ज्ञानबहादुर राईले पनि बसपार्क निर्माण गर्ने भन्दै स्थानियहरुको जग्गा उपमहानगरपालीकाका कर्मचारीहरुल ेहडपेको बताए । ‘अब त्यस ठाउमा बसपार्क सहितको योजनाहरु बन्छ भन ेहामी छलफल गर्न तयार रहेको बताए ।उनले स्थानियलाई बिकश बिरोधी भन्दै हल्ला गर्ने गरिएको भन्दै आपतिपनि जनाए । स्थानिय जयबहादुर मोक्तानले कर्मचारीको भ्रष्टचारीकै कारण बिकाश निर्माणका कार्यहरुमा अबरोध हुने गरेको बताए ।

नेकपा (एमाले) धरानका उपाध्यक्ष तथा स्थानिय नारायण सुबेदीले तिनकुने सुन्दर बस्ती बिकाश आयोजनालाई सधै बिबाद र अन्योलमा राख्न नहुने भन्दै यसको निकास निकाल्नु पर्ने बताए । आयोजना का बिषयमा भएका कमकमजोरीको समिक्षा गर्दै यसको निकाश निकाल्नु पर्छ सुबेदीले भने । स्थानियको गुनासो सुनिसकेपछि धरान उपमहानगरपालीकाका कार्यकारी अधिकृत बिष्णु कोइरालाले आयोजनाको बिषयमा स्थानियका गुनासाहरु सुन्ने काम गरिएको भन्दै यस बिषयमा फेरीपनि छलफलहरु गरिने बताए ।

‘आयोजनाको बिषयमा हामीले निकाश निकाल्नु पर्छ,आयोजना धरान र धरानबासीकोलागि महत्वपुर्ण छ ।आयोजना २०५८ सालमा सुरु भएको थियो ।स्थानियले बसपार्क सहित आयोजना सञ्चालन हुनुपर्ने माग राख्दै आएका थिए । यस अघि राजनैतिक दलहरुले उक्त ठाउँमा बसपार्क निर्माण गर्ने बिषयमा निर्णय नगरेपछि बिबाद बढेको थियो ।