-
Home
-
पूर्व
-
श्याम चोकद्वारा रक्तदान र क्यान्सर शिविर
श्याम चोकद्वारा रक्तदान र क्यान्सर शिविर
धरान/श्याम चोक सेवा समाज धरानले रक्तदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । साथमा समाजको महिला समूहले निःशुल्क पाठेघर क्यान्सर सम्बन्धी शिविरसमेत सञ्चालन गरेको छ ।
श्याम चोक परिषरमा गरिएको रक्तदानमा ४८ युनिट रगत संकलन भएको छ । जसमा ३० महिला र १८ जना पुरुषहरुले रक्तदान गरेको समाजका अध्यक्ष रमेश बस्नेतले बताए । बस्नेतका अनुसार रक्तदान कार्यक्रमको उद्घाटन बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका शाखा प्रमुख मानबहादुर दियालीले गरेका थिए ।
त्यस्तै महिला समूहले गरेको शिविरमा करिव १ सय ८० जना महिलाहरुले स्वास्थ्य चाँज गरेका थिए । शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको बारेमा सचेतना गराइएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रशुति रोगकी डा. रक्षा उप्रेती र डा. अञ्जली रसाइलीको नेतृत्वमा पुगेको ८ जनाको टोलीले स्वास्थ्य चाँज गरेको कार्यक्रम संयोजक विष्णुमाया राईले बताइन् ।
रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा समाजले हरेक वर्ष रक्तदान कार्यक्रम गर्ने गरेको छ ।