pic-1 (1) धनकुटा/ नेपाल पत्रकार महासंघ धनकुटाको रजत बर्षको अवसरमा मंगलवार धनकुटामा सम्झना कार्यक्रमको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखा स्थापना भएको २५ वर्ष पुगेकाले पत्रकार महासंघ धनकुटा शाखाको धनकुटामा क्रियाशिल पत्रकारहरको उपस्थितिमा रजत बर्षको रुपमा सम्झना नामक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राईले पत्रकार महासंघ धनकुटाको स्थापनाको समय र अहिलेको अवस्थाको वारेमा जानकारी गराउदै स्थापना भएको दिनलाई धनकुटेली पत्रकारहरुले विर्सन नहुनेमा जोड दिएका थिए ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष खगेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्षहरु गोपाल अधिकारी,विजय सन्तोषी राई,सहसचिव भेषराज कटेल, आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका सचिव विदुर सुवेदी, सम्पादक मञ्च धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, पत्रकार रमेशचन्द्र अधिकारी लगायतले आफ्नो विचार राखेका थिए । त्यसैगरी प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नैन विश्वकर्मा,नेपाल प्रेस यूनियन धनकुटाका अध्यक्ष यानिन्द्र तिगेला,प्रेस चौतारी नेपाल धनकुटाका उपाध्यक्ष रविन कटेल,प्रेस सेन्टर धनकुटाका वरिष्ठ उपाध्यक्ष आषिस राई,किरात पत्रकार संघ धनकुटाका अध्यक्ष अजय सन्तोषी राई,पत्रकार बलाराम दाहाल लगायतले सम्झनामा कार्यक्रम सान्दर्भिक भएको वताएका थिए ।

सम्झनामा आज कार्यक्रम धनकुटाका आम पत्रकारहरुलाई आज दिनको महत्वको वारेमा जानकारी दिन र एक आपसमा शुभ कामना दिनका लागि आयोजना गरिएको हो ।नेपाल पत्रकार महासंघ धनकुटा शाखाको संस्थापकहरुमा अध्यक्ष सञ्जय सन्तोषी राई,उपाध्यक्ष विष्णुमान श्रेष्ठ,सचिव लाखमान राई ,टंक वहादुर राई,गोपाल अधिकारी,राजकुमार दिक्पाल,रमेश अमात्य, सरोज श्रेष्ठ,विजय सन्तोषी राई,देवराज घिमिरे,नविन राई, शारदा सन्तोषी राई लगायतका पत्रकारहरु रहेका थिए ।