drugमहेन्द्रनगर/ महेन्द्रनगरको इलाका प्रहरी कार्यालयले भरौलको बीचपानीमा ८१ एम्पुल लागूऔषध र ५ थान सुईसहित दुईजनालाई पक्राउ गरेको छ ।भरौल गाविसको बीचपानीमा लागुऔषध बिक्री गर्न जाने क्रममा बुधबार अपराह्न साढे ४ बजे भरौलको नडाहाका ३४ वर्षीय राजु अधिकारी र २१ वर्षीय विष्णु लिम्बूलाई इन्स्पेक्टर दुर्गाप्रसाद अधिकारी नेतृत्वको टोलीले प्रक्राउ गरेको हो ।

उनीहरूका साथबाट फेनागन २१ एम्पुल, एभिल २० एम्पुल, डाइजीपाम २० एम्पुल, लुपिजेसी २० एम्पुल र सिरिञ्ज पाँच थान बरामद गरिएको प्रहरीले जनाएको छ । आवश्यक कारवाहीका लागि उनीहरूलाई जिल्ला अदालतमा पेश गरिएको प्रहरीले बताएको छ ।