hatyaतरहरा/आफ्नै घरमा कामदारका रुपमा राखिएकी ३५ वर्षीया पवित्रा विष्टको हत्या घरधनी तथा दुहबी भलुवा नगरपालिकास्थित मनास्लु बोर्डिङका प्रिन्सिपल शंकर थापाले गरेको भन्दै थापाविरुद्ध सुनसरी जिल्ला अदालतमा प्रहरीले मुद्दा दायर गरेको छ ।यही पुस १४ गते बिहान प्रिन्सिपल थापाले नै विष्टको हत्या गरेको भन्दै विभिन्न प्रमाणका आधारमा मुद्दा दायर भई म्याद थप गरिएको दुहबीका इन्स्पेक्टर शिवकुमार पोखरेलले बताए ।

उनले विभिन्न प्रमाणबाट हत्यारा थापा नै भएको जिकीर गरे । पोखरेलले पोष्टमार्टम रिपोर्टबाट पहिले घाँटी थिचेर मारेपछि धारिलो हतियार प्रहार गरेको देखिएको बताए ।स्कुल हाताभित्रै रहेको प्रिन्सिपलको घरमा काम गर्ने ती महिला मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको प्रकृति र आरोपीको बयानका आधारमा थापालाई पक्राउ गरेको इन्स्पेक्टर पोखरेलले बताए । पोखरेलले घटनाको प्राविधिक जाँच र आरोपीको बयान शंकास्पद भएपछि थापालाई हिरासतमा राखी अनुसन्धान गर्दा हत्यामा उनको संलग्नता देखिएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको बताए ।

निर्ममतापूर्वक महिलाको हत्या गरी प्रहरीलाई खबर गरेर उनी घटनाबाट पन्छिन खोजेको प्रहरीले बताएको छ ।विष्ट दुई वर्षदेखि थापाको घरमै बसेर घरेलु कामदारका रुपमा काम गरिरहेकी थिइन् । उनको हत्याको कारण भने अभैm अनुसन्धानको क्रममै रहेको सुनसरीका एसपी पोषराज पोखरेलले बताए । उनले भने, ‘हत्या के कारणले ग¥यो भन्ने विषयमा हामी अभैm अनुसन्धानरत् छौँ, चाँडै पत्ता लगाउँछौँ ।’प्रिन्सिपल थापाले भने त्यस दिन आपूm मर्निङ वाकबाट फर्किंदा उनलाई मृत अवस्थामा देखेर प्रहरीलाई बोलाएको बताउँदै आएका थिए । बिष्ट तीनतले घरको तल्लो तलाको प्यासेजमा मृत अवस्थामा भेटिएकी थिइन् ।

त्यसै दिन थापालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान शुरु गरेको थियो । हिरासतमा थापालाई कसैसँग भेट्नसमेत दिइएको थिएन । थापाले विष्टको हत्या गर्नुपर्ने कारण यौनसँग जोडिएको हुनसक्ने एक प्रहरीले बताए । प्रहरीका अनुसार थापाकी श्रीमती काठमाडौँमा बस्छिन् । थापा र विष्ट एउटै प्mल्याटमा बस्ने गरेका थिए । घटना भएको दिन पनि प्mल्याटमा उनीहरू दुईजना मात्र रहेको बताइएको छ ।