ताप्लेजुङ/आईतबार ताप्लेजुङको खोक्लिङ गाविसमा हत्या गरीएका बन रक्षक गणेश साहीको ताप्लेजुङमा नै अन्त्येष्टी गरीएको छ ।

विहीबार सवको पोष्टमार्टम गरी ताप्लेजुङ र पाँचथरको संगम स्थल काबेली नदीमा शाहीको अन्त्येष्टी गरीएको हो । अन्त्येष्टी अघि शाहिको सव अन्तिम श्रद्धाञ्जलीका लागि जिल्ला बन कार्यालयमा राखिएको थियो ।

साहिको सवमा पुर्व क्षेत्रिय बन कार्यालयका प्रमुख राजेन्द्र काफ्ले र प्रमुख जिल्ला अधिकारी नरवहादुर खड्काले माला लगाई अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पुर्व क्षेत्रिय बन कार्यालयका प्रमुख राजेन्द्र काफ्लेले मृतक साहिको कार्यरत स्थानमानै हत्या हुनु दुखद भएको भन्दै उनको परीवारका लागि देशभरका कर्मचारीको तर्फबाट एक दिनको तलब बराबरको करीव ४० लाख रुपैयाँ संकलन भएकोले सो रकम परीवारलाई राहत स्वरुप प्रदान गर्ने बताए ।

उनले मृतककी श्रीमतिलाई बन कार्यालयमानै सरकारी जागीरका लागि नियुक्ति गर्ने तयारी समेत भएको बताए । मृतक शाहिको श्रद्धाञ्जली पछि सदरमुकाममा सवयात्रा सहित नगरपरीक्रमा गरी काबेली नदिमा अन्त्येष्टी गएको छ । ईलाका वन कार्यालय खोक्लिङमा कार्यरत जाजरकोट दसेरा ८ निवासी गणेश शाहीको आईतबार विहान स्थानिय सविन लिम्बु भनिने टेक प्रसाद लिम्बुले सामुदायिक र निजि बनको विवाद हुँदा घाटि रेटि हत्या गरेका थिए ।