-
Home
-
पूर्व
-
क्रियाशील महिला पत्रकार समूहमा मिश्र
क्रियाशील महिला पत्रकार समूहमा मिश्र
महेन्द्रनगर (धनुषा)/यहाँ क्रियाशील महिला पत्रकारको भेलाले गायत्री मिश्रका अध्यक्षतामा क्रियाशील महिला पत्रकार समूह नेपाल धनुषा गठन गरेको छ ।
क्रियाशील महिला पत्रकार समूहका केन्द्रीय अध्यक्ष शुभेच्छाविन्दु तुलाधरका उपस्थितिमा धनुषासहित १६ जिल्लाका क्रियाशील महिला पत्रकारको जनकपुरमा बुधबार भएको भेलाले उपाध्यक्षमा ज्योति झा, सचिवमा नेहा झा र कोषाध्यक्षमा अम्बिका मण्डल तथा सदस्यमा प्रतिभा झा, वरुणा कर्ण, सोनी साह, आरती मण्डल र सीमा चौधरीलाई चयन गरेको छ । रासस