विजयपुर\मारवाडी युवा मञ्च धरानले युवा दिवसको अवसर पारेर मङगलबार धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धरान–५ स्थित अग्रशेन भवन अगाडि भएको कार्यक्रममा ८५ जनाले रक्तदान गरेका थिए ।
रक्तदानमा नेपाल रेडक्रश सोसाइटीले प्राबिधिक सहयोग गरेको थियो । कार्यक्रम मञ्चका अध्यक्ष सन्तोष अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने दिनेश अग्रवाल (पाटवारी)ले कार्यक्रमको संयोजन गरेका थिए ।