इलाम/ इलामको सुम्बेक गाविसका कृषक मनिन्द्र याख्खाले सुन्तला खेतिबाट पनि मनग्ये आम्दानी हुने बताएका छन् । सुम्बेक चारमा स्थायी वसोवास गर्दै आएका उनले घर वर्षेनी सुन्तलाबाट लाभान्वित हुदैँ गएको बताए । करिब ४० रोपनी क्षेत्रफलमा उत्पादन भएको सुन्तलाले वषर््ेानी उत्पादन वृद्धिसगैँ आम्दानी समेत बढाएको उनको भनाइ छ ।कात्तिक,मसिंर महिनाबाट नै सुन्तलाको किनबेच हुने गरेको र माघ महिनासम्म यसको किनबेच भइरहेको उनले बताए ।
पहिलेबाट ने व्यापारीहरु बगानमै किन्न आउने गरेकाले बगानबाटै बेच्ने र बजारमा ल्याउन कुनै समस्या नभहेको उनले बताए । प्रतिकिलो ५० रुपैँयाका दरले बगानबाटै विक्रि भएको सुन्तला इलाम सदरमुकाम,विर्तामोड आदि ठाउँमा लाने गरिएको छ ।सुन्तलामा लाग्ने सितला ग्रिन नामक रोगका कारण इलाम जिल्लाको सोयाक,गोदक लगायतका गाविसहरुमा सुन्तला उत्पादन पुरै सकिएको थियो । चाइनाबाट भित्रिएको यो रोग पछि सबै ठाउँमा भित्रिने होकि भन्ने डर भएतापनि कुनै रोगले नभेटेको उनले बताए ।
बाली संरक्षण विभागबाट नै अनुसन्धान गरिएतापनि यो रोगको कुनै उपचार नभएको र अझै पनि रोग आउन सक्ने चिन्ता रहेको याख्खाले बताए । सुम्बेक चारमा थुप्रै किसानहरुले सुन्तला खेति गर्दै आएको ठाउँको नाम नै सुन्तलाबारी रहेको उनले बताए । वर्षेनी ६ लाख सम्म आम्दानी हुने गरेको सुन्तलाले पनि केही व्यवसाय गर्न सकिने उनको भनाई छ ।
जिल्ला कृषि कार्यलयमा भएको कृषि प्रदर्शनीमा सुन्तला खेतिबाट दोस्रो उत्कृष्ट पुरस्कार पाएपछि सुन्तला उत्पादनलाई अझ गुणस्तरिय बनाउन सकिने उनले बताए । परार एक सय ८० क्विन्टल कारोबार भएको सुन्तला पोओर साल उत्पादनमा कमि आएतापनि यस वर्ष सधैँको तुलनामा उत्पादन भएको र आम्दानीमा पनि सुधार भएको उनको भनाई छ ।