काठमाडौँ/प्रेस काउन्सिल नेपाल, वितरण सम्परीक्षण समितिले सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरण प्रतिवेदनमा चित्त नबुझे पुनरवलोकन गर्न सकिने जनाएको छ । press council काउन्सिलले गरेको पत्रपत्रिका वर्गीकरणको परिणामप्रति चित्त नबुझे कारण खुलाई आफ्नो पायक पर्ने स्थानबाट तोकिएको दस्तुर तिरी पुनरवलोकन गर्न सकिने काउन्सिलले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । काउन्सिलले आव २०७१÷७२ लागि ८३३ पत्रपत्रिकाको वर्गीकरण नतिजा सोमबार सार्वजनिक गरेको थियो । नतिजाप्रति आएका गुनासालाई सम्बोधन गर्न काउन्सिलले वर्ग कायम नभएका तथा वर्ग कायम भएका तर चित्त नबुझेकाहरुले सूचना प्रकाशन भएको २१ दिनभित्र आधार र प्रमाणसहित पुनर्याेगका लागि आवेदन दिन सकिने जनाइएको छ । पुनरवलोकनका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखा प्रेस काउन्सिल नेपालको खाता नं ३५६५७ र नेपाल राष्ट्र बैंक थापाथली शाखा, प्रेस काउन्सिल नेपालको खाता नं १२०६१३४००१०००५२४ मा रु एक हजारसहित आवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख छ । रासस