विजयपुर/विद्यार्थी जीवनदेखि नै नेपाली काङ्ग्रेसमा लागेर देश र जनताको सेवामा समर्पित भएको भन्दै नेपाली काङ्ग्रेस सुनसरीले भौतिक निर्माण तथा यातायात व्यवस्था राज्यमन्त्री सीताराम मेहतालाई सम्मान गरेको छ ।
एकचालीसौं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेका सुनसरीले कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको जिल्ला सभापति राजीव कोइरालाले बताए । कार्यक्रममा बोल्दै राज्यमन्त्री मेहताले बीपीको मेलमिलापको नीति सबैले अनुशरण गरेमात्र मुलुक समृद्धिको बाटोतर्पm अघि बढ्ने बताएका थिए ।
कार्यक्रममा नेका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, पूर्व सभापति रामबहादुर बस्नेत, महासमिति सदस्य राजीव ढुङ्गाना, जिल्ला सदस्य बालसुधार परियार, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपसभापति विकास केसी, नेपाल महिला सङ्घ सुनसरीका सभापति विजया कटुवाल, नेपाल किसान सङ्घ सुनसरीका सभापति केशव भट्टराई, प्रजातन्त्र सेनानी सङ्घ सुनसरीका सभापति नन्द सिग्देल लगायतले बोलेका थिए ।जिल्ला सभापति राजीव कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव केदार भण्डारीले गरेका थिए ।