bisrantiधनकुटा/ मुलघाट स्थित् विश्रान्तिमा रहेका ५४ जना वृद्धवृद्धाहरुलाई सोमवार विभिन्न क्षेत्रमा कार्यरत सामाजिक सेवाको भागले उद्धार भावाना वोकेका दाताहरुले जोडोमा ओड्ने ३० थान वल्याङ्गकेट र २४ थान ज्याकेट वितरण गरेका छन् ।पुषको जोडो वढेसंगै विश्रान्तीमा वसोवास गरिहेका वृद्धवृद्धाहरुलाई जाडो छल्न सहयोग पु¥याउने उदेश्यले झापाका दमक वजारका युवा व्यावसायी चन्दन चौधरी अग्रवालले सौजन्य गरेको ३० थान व्यल्याङ्गकेट र २४ थान ज्याकेट एक औपचारिक कार्यक्रमको आयोजना गरि सोमवार हस्तान्तरण गरिएको हो ।

व्यावसायी अग्रवालले सौजन्य गरि पठाएका व्याल्याङ्गकेट र ज्याकेट उनका प्रतिनिधिहरु धरान निवासी हेमसारगर भण्डारी,उनका आमा धनमाया भण्डारी, जयप्रकास शर्मा र उनका धर्मपत्नी मिना शर्माले वृद्धवृद्धाहरुलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । सो अवसरमा हरेक वृद्धवृद्धालाई कपालमा लगाउने तेल, लुगा धुने सावुन, १० केजी नुन र २० केजी आँटा समेत वितरण गरिएको थियो । सो अवसरमा वोल्दै धरान–१ का जयप्रकास शर्माले विश्रान्ति मन्दिरमा रहेका ५४ जना वृद्धवृद्धाहरुलाई हरेक महिना आवश्याक पर्ने सावुन, लुगा धुने सावुन, टाउकोमा लगाउने तेल र नियमित सहयोग गर्ने वताएका छन् ।

त्यसैगरी धरान–१ कै हेमसागर भण्डारीले वृश्रान्तिमा रहेका सम्पुर्ण वृद्धवृद्धाहरुको लागी महिनामा एक पटक निःशुल्क केस काट्नको लागी व्यावस्था गर्ने जिम्मेवारी लिने वताए । उनले धरान–४ मा रहेको शुभलक्ष्मी हेयर कटिङ्ग सेन्टरका प्रपाईटर विरेन्द्र ठाकुरसंग आवश्याक समन्वय गरेर हरेक महिना नियमित केस काट्ने प्रवन्ध मिलाएको वताएका छन् । सोमवार मात्र विश्रान्तिमा रहेका २६ जना वृद्धावृद्धको केस काटिएको शुभलक्ष्मी हेयर कटिङ्ग सेन्टरका प्रोपाईटर विरेन्द्र ठाकुरले वताए ।

उनले महिनामा विश्रान्तीमा वृद्धवृद्धाहरुको दारी, कपाल काटेवापत मासिक रुपमा धरानका उत्तम कार्की, हेमसागर भण्डारी, तुलसी सेन्चुरी, गणेश अग्रवाल, जयप्रकास शर्मा, लक्ष्मी दाहाल, अनिल मास्के लगायतले १५ सय रुपयाँ प्रदान गर्ने गरेको र सोही वमोजिक आफुले वृश्रान्तीमा आएर वृद्धवृद्धाहरको सेवा गर्न थालेको वताए । ठाकुरले अघिल्लो महिनामा आफ्नो तर्फवाट २० जनाको निःशुल्क केस काटिदिएको पनि वताएका थिए ।

विश्रान्ती मन्दिर व्यावस्थापन समितिका कार्यवाहक अध्यक्ष शंकर दाहालको अध्यक्षतमा सम्पन्न न्यानो कम्वल तथा ज्याकेट वितरण कार्यक्रममा समाजसेवी एवं धनकुटाका पुर्व सांसद गोपाल गुरागाँई, धनकुटा–३ का समाजसेवी तारणी गुरगाँई, आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायतको उपस्थिति रहेको थियो