samanaइटहरी/ रामधुनी–भासी नगरपालिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । ज्येष्ठ नागरिक नगर समिति रामधुनी–भासी गाविसको आयोजना र नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा उनीहरुलाई सम्मानसमेत गरिएको थियो ।नगरका एकदेखि १० नम्बर वडाका ५० जना ज्येष्ठ नागरिकलाई सम्मानसहित कम्बल वितरण गरिएको हो । रामधुनी–भासी नगरपालिकाका कार्यकारी अधिकृत प्रमोदकुमार चौधरीले उनीहरुलाई सम्मान तथा कम्बल प्रदान गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक समाजका प्रमुख सल्लाहकार पुष्प भट्टराई, जिल्ला शिक्षा कार्यालय सुनसरीका स्रोतव्यक्ति केदारनाथ अधिकारी, गायिका गंगा गौतम लगायतको सहभागिता थियो । समाजका अध्यक्ष गजेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम सचिव योगराज काप्mलेले सञ्चालन गरेका थिए ।