बाँके/नेकपा एमाले निकट भातृ संस्था युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको छ ।

खुकुरी प्रहारबाट उनी गम्भिर घाइते भएका छन् । उनलाई भारतको लखनउस्थित हस्पिटलमा उपचारको लागि लगिएको छ । बिहीबार राति बाँकेको कोहलपुरमा अज्ञात समूहले उनीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उनलाई उपचारको लागि काठमाडौं ल्याउने प्रयास गरिएको थियो । तर, हेलिकप्टर तत्काल नमिलेपछि उनलाई लखनउ लगिएको युवा संघले जनाएको छ । बढाथोकीको घाँटीमा गहिरो चोट लागेको छ ।
युवा संघले बुढाथोकीलाई हत्या गर्ने उद्देश्यले प्रहार गरिएको भन्दै उनीहरुको खोजीगरी तत्काल कारबाहीको दायरामा ल्याउन सरसकारसँग माग गरेको छ । यस अघि रुपन्देहीका कार्यबाहक अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको थियो ।