इनरुवा/नेपालमा बालविवाहको प्रचलन घट्न नसकेको तथ्याङ्क इनरुवामा बुधबार आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।जिल्ला बालकल्याण समिति सुनसरीको आयोजना र वल्र्ड भिजन तथा सङ्कल्प सिविआर सुनसरीको सहकार्यमा आयोजित बालविवाह विरुद्ध जिल्लास्तरीय अन्तत्र्रिmया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा बालबालिकाको उमेर नै नपुगी विवाह हुने गरेको र सुनसरीमा विगत तीन वर्षयता २ सय ४६ वटा बालविवाह हुने गरेको उल्लेख छ । जसमध्ये १४ वर्षमुनिका बालबालिका ११ प्रतिशत, १५ वर्षसम्मका ४० प्रतिशत र १० वर्षमुनिकाको समेत विवाह हुने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यचेप नेपालका अध्यक्ष रविन घिमिरेले प्रस्तुत गरेको बालविवाहको अवस्थाबारे प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।मुलुकसहित सुनसरीमा बालविवाहका घटनाहरु क्रमिकरुपमा बढ्दै गएकोले यसको न्यूनीकरणका लागि तल्लो तहदेखि नै राजनीतिका पार्टीले घोषणापत्रमा नै बालविवाहसम्बन्धी रणनीतिक योजना र कार्यनीति उल्लेख गर्नुपर्ने कार्यक्रम जिल्ला बाल कल्याण समिति सुनसरीका अध्यक्ष जगदीश ओलीले बताए ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालय सुनसरीकी कार्यक्रम अधिकृत सुशीला कार्की, जिल्ला प्रहरी कार्यालयका सई बेनु बस्नेत, सङ्कल्प सिबिआर सुनसरीका अध्यक्ष लखनलाल साह, जिल्ला बालकल्याण समितिका सदस्य राम कोइराला, निलिफा सुब्बा लगायतका वक्ताले समाजमा बढ्दै गएको बालविवाह विरुद्ध स्थानीय स्तरबाटै पहल भए न्यूनीकरणका गर्न सकिनेमा जोड दिएका थिए ।खासगरी सुनसरीको दक्षिणवर्ती गाविसहरुमा बालविवाहका घटना बढेकोले सो क्षेत्रका १६ वटा गाउँ विकास समितिमा बालविवाह विरुद्धको अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको महिला तथा बालवालिका कार्यालय सुनसरीले जनाएको छ ।