धरान/रामेछापको खाँडादेवीमा ट्रिपर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । [caption id="attachment_3606" align="alignnone" width="640"]truck-accident-lalitpur फाइल तस्बिर[/caption] मंगलबार साझ कामबाट फर्किने क्रममा बा २ ख ६८८८ नम्बरको ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।   पकरवास–गाल्पा सडकमा ग्राबेलिङको काम गरेर फर्किदै गर्दा ट्रिपर दुर्घटना भएको थियो । दुर्घटनामा परी सिन्धुपाल्चोकका ट्रिपर चालक कुमार बिक, सिन्धुली भिमानका रुपेश भण्डारी, सर्लाहीका बिकास पौडेल र ललितपुर चापागाउँका किरण डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोसीले जानकारी दिए ।