झापा/पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मङ्गलबार बिर्तामोडमा शोकसभा सम्पन्न गरिएको छ । madan-sir-copy बिर्तामोड–१ स्थित ढकाल निवासमै महासङ्घ झापा शाखाको आयोजनामा भएको शोकसभाका वक्ताहरुले स्वर्गीय पत्रकार ढकालको सादा जीवन र उच्च विचारको चर्चा गरेका थिए । उनीहरुले पत्रकार ढकालले पत्रकारिता यात्रामा अवलम्वन गरेको बाटो सबैले अनुकरण गर्न सक्नुपर्ने बताए । महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारीले पत्रकार ढकालको स्वर्गारोहणले महत्वपूर्ण संस्था ढलेको बताए । उनले पत्रकार ढकालका योगदान र अधुरा सपनालाई साकार पारी उनलाई सदैव ज्यूँदो राख्नुपर्ने बताए । महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङ, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष टीकाराम उप्रेती, फोनिजका जिल्ला अध्यक्ष गणेशमान मुखिया, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष इन्द्रसिंह राजवंशी, जिल्ला अध्यक्ष रञ्जित प्रसाईं, प्रेस चौतारीका पूर्व अध्यक्ष गोपाल काफ्ले, पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरी, प्रकाशन सहयोगी भानुप्रसाद शिवाकोटी, व्यवस्थापक चन्द्रकान्त ढकाल, पूर्व सम्पादक गोपाल गिरी, महिला सञ्चारकर्मी लीला अनमोल, जनसंसद दैनिकका अध्यक्ष कृष्णप्रसाद उप्रेती, सम्पादक राजु अधिकारीले स्वर्गीय ढकालप्रति श्रद्धाञ्जलिसहित उनको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार महासङ्घ झापाका सचिव एकराज गिरीले गरेका थिए । श्रद्धाञ्जलि सभामा प्रेस चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य विमल लामिछाने, फोनिजका केन्द्रीय सदस्य इन्द्रजीत मुखिया लगायत जिल्लाका सञ्चारकर्मीको उल्लेख सङ्ख्यामा उपस्थिति थियो । पत्रकार ढकालको यही मङ्सिर २३ गते राति ६४ वर्षको उमेरमा निधन भएको थियो । ढकाल परिवारको तर्पmबाट शोकसभामा स्वर्गीय पत्रकार ढकालका भाइ तथा पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकालले श्रद्धाञ्जलि तथा समवेदना प्रकट गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।