विजयपुर/धरान उपमहानगरपालिका २०, २१ र २२ नम्बर वडाका कृषकहरुले आप्mनो उत्पादन बिक्रीका लागि कृषि खरिद सेवा केन्द्र बनाउने भएका छन् ।
धरान–२१ स्थित खैरीनीटारलाई केन्द्र बनाएर कृषकहरुले उत्पादन गरेको कृषिजन्य तथा मासुजन्य उत्पादनलाई बजारसम्म ल्याउनका लागि सेवा केन्द्रमार्पmत् सहज वातावरण बनाउने गरी काम थालिएको सेवा केन्द्रका संयोजक धनबहादुर कुलुङले जानकारी दिए । केन्द्र निर्माणका लागि स्थानीय पत्रङबारी सामुदायिक वनसँग डेढ हेक्टर जग्गा माग गरिएको उनले बताए ।
स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी तथा मासुजन्य उत्पादन अहिलेसम्म धरानबाट गएका खरिदेले आपूmखुशी मूल्यमा किन्दै आएका छन् । केन्द्रमार्पत् बिक्री थालिएपछि किसानहरुको मूल्यमा एकरुपता आउने र अनावश्यक सास्तीबाट बँचिने कृषकहरुको बुझाइ छ ।