धरान / छिमेकीको लाखौं रुपैया ठगी गरेकी धरान-७ शुक्रपथकी महालक्ष्मी बिक र उनको छोरा सुरज बिकलाई जनही दुई(दुई वर्ष कैद हुने गरी सुनसरी जिल्ला अदालतले बिहीबार अन्तिम फैसला सुनाएको छ । न्यायधिष रमेशराज पोखरेलेको इजलासले ठगी आरोपमा पुपक्षमा रहेकी महालक्ष्मी र सुरजलाई जनही दुई वर्षको कैद र चारलाख रुपैया विगो भराउने गरी अन्तिम फैसला सुनाएको हो । सुरज हालसम्म फरार छन् । महालक्ष्मीका श्रीमान जयबहादुर बिकलाई सफाया दिएको छ । यस अघि उनीहरुलाई पुर्पक्षको लागि थुनामा राखेको थियो । उनीहरुले छिमेकी बविता प्रधान श्रेष्ठको ६५ लाख रुपैया ठगी गरेको अभियोग लागेको थियो ।
श्रेष्ठसहित करिव चारजनाको ठगी गरेको अभियोग उनलाई लागेको थियो । श्रेष्ठ र तारा कोइरालाले २०७१ साल चैत्र १३ गते संयुक्त रुपमा इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । तर, संयुक्त उजुरी नलिएपछि २०७२ बैसाख १५ गते श्रेष्ठले मात्रै उजुरी दर्ता गराएकी थिइन् । उनीहरुलाई उजुरी लिएको चारदिन पछि इप्रका धरानले पक्राउ गरेको थियो । प्रहरीले जेठ ११ गते अनुसन्धान पुरा गरी जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो । तत्कालीन समयमा प्रहरीले मुद्दा दर्ता गर्न मानेको थिएन् ।
उक्त विषयमा ब्लाष्ट दैनिकले बारम्बार समाचार प्रकाशित गरेको थियो । जिल्ला अदालतले जेठ १२ गते थुनछेकको बहसमा प्रतिवादीका रुपमा रहेका महालक्ष्मी, सुरज र जयबहादुरलाई पुर्पक्षको लागि थुनामा राखेको थियो । उक्त विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । अधिवक्ता राजु श्रेष्ठले तत्कालीन समयमा जिल्ला आदलतको ३ नम्बर इजलासमा रहेका न्यायधिस देवेन्द्र पौडेल प्रतिवादीको पक्ष लिएको भन्दै सर्वोच्च अदालतमा पुगेपछि हालका न्यायधिस पोखरेकाको एक नम्बर इजलासमा आइपुगेको थियो ।
एक नम्बर इजलासमा रहेका न्यायधिश पोखरेलले बिहीबार अन्तिम फैसला सुनाएको स्रेस्तेदार इन्द्रकमल प्रधानले बताएका थिए । उनले ६५ लाख पुष्टी हुने आधार नभएपछि ४ लाख बराबरको विगो र दुई दुई वर्ष कैद फैसला गरेको स्रेस्तेदार प्रधानले बताए ।