-
Home
-
पूर्व
-
पूर्वमन्त्री शेर्पाद्वारा अग्नि पीडितलाई राहत हस्तान्तरण
पूर्वमन्त्री शेर्पाद्वारा अग्नि पीडितलाई राहत हस्तान्तरण
- मंसिर १७, २०७३
- ब्लाष्ट खबर
भोजपुर/जिल्ला दैवीप्रकोप उद्धार कोषमा सङ्कलित रकम भोजपुरबजारको भोटेपसलका अग्नि पीडितलाई विहिबार वितरण गरिएको छ ।
सङ्कलित रकममध्ये मंसिर ५ गतेको आगलागीमा पूर्णरुपमा घर नष्ट भएका आठघरलाई प्रतिशतका आधारमा रु १३ लाख र सो घरमा बसोबास गर्दै आएका डेरावालालाई रु एक लाख ४५ हजार पीडित परिवारलाई बिहीबार वितरण गरिएको जिल्ला प्रशासन कार्यालय, भोजपुरले जनाएको छ ।
सङ्कलित रकमबाट बद्री राणालाई रु दुई लाख ६० हजार, गणेश श्रेष्ठलाई रु एक लाख ९५ हजार, मोहन आचार्यलाई रु एक लाख ९५ हजार, लालबहादुर विकलाई रु एक लाख ३० हजार, फवीन्द्र प्रधानलाई रु एक लाख ३० हजार, दाछिकी शेर्पालाई रु एक लाख ३० हजार, अर्विन बराइलीलाई रु एक लाख ३० हजार र थिरबहादुर र्पोतेललाई रु एक लाख ३० हजार वितरण गरिएकोे छ ।
सङ्कलित रकम वितरण गर्न बनाइएको मापदण्डअनुसार प्रतिशतका आधारका २०, १५ र १० प्रतिशतका दरले वितरण गरिएको हो । यसैगरी, ती घरमा बसोबास गर्ने नौ परिवारलाई पनि सोही आधारमा रु एक लाख ४५ हजार वितरण गरिएको छ ।
यसैबीच, पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले आगलागी पीडितका लागि काठमाडौँमा बस्दै आएका शेर्पाबाट सङ्कलन भएको रु एक लाख १७ हजार आठ सय पाँच जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई विहिबार हस्तान्तरण गरे ।
पूर्वसूचना तथा सञ्चार मन्त्री शेरधन राई, कृपाशुर शेर्पा र सांसद जयन्ती राईको विशेष उपस्थितिमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी शर्माले आगलागी, जिल्लाको विकास निर्माण र समसामयिक विषयमा विस्तृत जानकारी दिए ।
बैठकका प्रमुख अतिथिसमेत रहनुभएका पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईले आगलागी पीडितको मागलाई जस्ताको तस्तै सदनमा पेस गरेको जानकारी दिए ।
उनले राहत र पुनःस्थापनाका लागि सबै लाग्नुपर्नेमा जोड दिए । जिल्लाको समस्याप्रति आफू गम्भीर रहेको भन्दै राईले जनताप्रति जवाफदेही भएर सुशासन कायम गर्न सम्बन्धित कर्मचारीलाई आग्रहसमेत गरे । रासस