मोरङ/ मोटरसाइकल दुर्घटनामा मोरङको लेटाङ–भोगटेनी–७, कीर्तिपुरका दिनेश भट्टराईको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही ठाउँको सडकको भित्री खण्डमा आपैmँले चलाएको को. १९ प ८२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टँदा भट्टराई गम्भीर घाइते भएका थिए ।
विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटामै उनको मृत्यु भएको हो ।यसैबीच सिरहा जिल्लाको सीतापुर–२ स्थित पोखरीमा बिहीबार बिहान ट्रयाक्टर पल्ँिटदा ट्रयाक्टरका चालक र सहचालकको मृत्यु भएको छ । बालुवा पु¥याएर फर्किने क्रममा स. १ त १३७२ नम्बरको ट्रयाक्टर सडक छेउमा रहेको पोखरीमा अचानक पल्ँिटदा चेपिएर चालक लहान नगरपालिका–२२ का अन्दाजी ३२ वर्षीय प्रमोद यादव र सहचालक सोही ठाउँका अरविन्द महराको मृत्यु भएको लहान इलाका प्रहरी कार्यालयले जनाएको छ । ट्रयाक्टरले किचेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको लहानका डीएसपी राजकुमार केसीले जनाए ।