[caption id="attachment_20462" align="alignnone" width="717"]culverts-for-stream-crossing फाइल तस्विर[/caption]

शनिश्चरे,मोरङ  / मोरङको पथरीशनिश्चरेस्थित गान्धीमनमोहन मार्गमा निर्माण भइरहेको सडक स्थानीय प्रहरी प्रसाशनले अवरोध पुर्याएपछि स्थानीय आन्दोलित बनेका छन् । सो सडकको रिंगुवास्थित जरायोटोल पैनीमा कल्भर्ट निर्माण कार्यलाई काठमाडौंमा कार्यरत एसपी उत्तमराज कार्कीको आदेशमा पथरी प्रहरीले सडक निर्माणमा अवरोध पुर्याएको छ । मंगलबार विहान सडक निर्माण उपभोक्ता समिति र र्यापथ्री कम्पनीका ठेकेदार पक्षले त्यहाँ कल्भर्ट निर्माण गर्न लाग्दा पूर्वतर्फको जग्गाका सँधियार भक्तबहादुर कार्कीले आफुले भने अनुकुल निर्माण गर्न दबाब दिएका थिए । समितिले त्यसकुरामा सहमति नजनाएपछि भक्तबहादुरले आफ्ना भाई एसपी उत्तमराजको सहारा लिनुभयो । त्यसपछि पथरी प्रहरी प्रमुख रमेश बस्नेत सहितको टोली निर्माणस्थलमा पुगेर सडक निर्माण गरे बल प्रयोग गरिने बताएपछि स्थानीय आन्दोलित बनेको उपभोक्ता समिति अध्यक्ष भक्तबहादुर बुढाथोकीले बताए । उता, पथरी प्रहरी प्रमुख बस्नेतले भनें विवादित कुरा मिलाएर मात्र काम गर्नु मात्र भनेको उल्लेख गरेका छन् । उनले कार्की पक्षले पैनीको कल्भर्ट होचो हुँदा सिंचाईमा समस्या हुने बताएकाले समाधान खोज्न स्थानीयलाई भनेको दावी गरे । ३० औं वषैदेखि सडक संचालन भएको अवस्थामा त्यसखाले अवरोध भएपछि स्थानीय आन्दोलित हुँदै प्रहरीप्रति आक्रोस पोखेका छन् । र्यापथ्रीले सो सडक कालोपत्रेका लागि फिलिंगको काम थालेको छ ।