विजयपुर/ धरान–२२ स्थित खैरेनीका झण्डै दुई सयजना बुधबार एकैपटक नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनीहरुले आफुहरु नेपाली काङ्ग्रेसका कार्यकर्ता भएको बताएका छन् ।
उपस्थित नेताहरुले नवप्रवेशी कार्यकर्ताहरुलाई अबिर लगाएर पार्टीमा प्रवेश गराएका थिए ।काङ्ग्रेसले भने एमालेमा प्रवेश गर्नेहरु साधारण सदस्यसमेत नरहेको बताएको छ । काङ्ग्रेसका धरान उपमहानगर सचिव श्याम पोखरेलले उनीहरु एमालेमा प्रवेश गरेको विषयमा आफुहरुले आपत्ति नजनाउने बताए । नवप्रवेशीहरुले भने काङ्ग्रेसका स्थानीय तथा केन्द्रीय नेताहरुले गाउँमा विकास निर्माण गर्ने विषयमा दिएका आश्वासनले आपूmहरु आजित भएपछि एमालेमा प्रवेश गरेको जनाए । काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल दलित विद्यार्थी सङ्घका सुनसरी अध्यक्ष गोविन्द विश्वकर्माले काङ्ग्रेससँग आफुहरुको विश्वास गुमिसकेको भन्दै आफुहरुको ठाउँको विकास गर्न एमाले लागिपरेकोले एमालेको समग्र अभियानलाई सफल बनाउन प्रवेश गरेको बताए ।
काङ्ग्रेसका स्थानीय कार्यकर्ता धनबहादुर कुलुङले आफुहरुको ठाउँमा र समग्र देशमा पनि एमालेकै योजना र नीति सफल भएको आपूmहरुको बुझाइ भएकाले एमालेमा प्रवेश गरेको बताए । पार्टी प्रवेश कार्यक्रममा पुगेका एमाले नेताहरुलाई स्थानीयले पूmलमाला लगाएर स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सांसद् कृष्णकुमार राईले एमालेले विकास निर्माणका काममा सबै ठाउँलाई समान रुपले हेर्ने गरेको बताए । ‘एमालेले समग्र धरानको विकास चाहेको छ’, उनले भने, ‘विकास निर्माणका कुनै ठाउँलाई काखा र कुनै ठाउँलाई पाखा गरिँदैन ।’
विशेष अतिथि सुनसरीका उपाध्यक्ष रमेश बस्नेतले विकास निर्माणलाई एमालेले राजनीतिकरण नगर्ने बताए । सुनसरी जिल्ला सदस्य तथा धरान सहइन्चार्ज जयकुमार राईले नवप्रवेशीलाई पार्टीभित्र एक भएर काम गर्न आग्रह गरे । ‘स्थानीयले उठाएका विकास निर्माणका विषयलाई एमालेले गहन रुपमा लिन्छ, तपाईंहरु पनि लाग्नुपर्छ ।’
उनले भने ।एमाले धरानका अध्यक्ष तारा सुब्बाले एमालेको चारमहिने अभियानको क्रममा देशैभरि एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको भन्दै धरानमा पनि प्रवेशको लहर चलेको बताए । कार्यक्रममा एमाले १ नम्बर क्षेत्रीय कमिटीका उपाध्यक्ष नरेशकुमार इवारम, एमाले जिल्ला सचिवालय सदस्य तथा १ नम्बर क्षेत्रीय इन्चार्ज प्रकाश राई, जिल्ला सचिवालय सदस्य तथा धरान इन्चार्ज प्रदीप भण्डारी, युवा सङ्घका केन्द्रीय सदस्य हिमाल लिम्बूलगायत उपस्थित थिए ।