धरान/राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय धरानले सबैभन्दा बढी कर बुझाउने करदाताहरुलाई मङ्गलबार सम्मानित गरेको छ ।
कार्यालय परिसरमै कार्यक्रम गरी धरानबाट सबैभन्दा बढी कर तिर्ने मितेरी विकास बैङ्क, धनकुटाबाट काबेली विकास बैङ्क र सङ्खुवासभाबाट मकालु सहकारी संस्थालाई सम्मानित गरेको हो । मितेरीका तर्पबाट कार्यकारी प्रमुख तुलसी वस्तीलाई सम्मानपत्र प्रदान गरिएको छ ।
कार्यालयका प्रमुख कर अधिकृत धमेन्द्रकुमार मिश्रले सम्मानपत्र प्रदान गरेका थिए ।यसैबीच समन्वयकारी भूमिका निर्वाह गरेको सुनसरी उद्योग वाणिज्य सङ्घलाई समेत सम्मान पत्रले सम्मानित गरेको महासचिव विजय श्रेष्ठले जानकारी दिए । संघका तर्फबाट अध्यक्ष राजेन्द्र शर्मालाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरुले बोलेका थिए ।