उर्लाबारी/उर्लाबारीमा सोमबारदेखि सडक सुरक्षा सप्ताह कार्यक्रम शुरु भएको छ । रेडक्रस सोसाइटी मोरङ शाखाको आयोजना तथा उर्लाबारी उपशाखाको आतिथ्यता र ट्राफिक प्रहरी कार्यालय उर्लाबारीको प्राविधिक सहयोगमा कार्यक्रम शुरु भएको हो ।
सप्ताहअन्तर्गत पहिलो दिन उर्लाबारीमा जनचेतनामूलक ¥याली निकालिएको छ ।
उर्लाबारीको राधिका उच्च माविमा कार्यक्रमका प्रमुख अतिथि तथा रेडक्रस सोसाइटी मोरङका सुवोध सिंह, नेपाल काङ्ग्रेसका क्षेत्रीय सभापति खड्ग फागो, उर्लाबारी रेडक्रसका संस्थापक संयोजक तेजकुमार रिजाल र सल्लाहकार भोलामान श्रेष्ठ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर धनप्रसाद सिवाकोटीले संयुक्तरुपमा सो अभियानको उद्घाटन गरेका थिए ।
¥यालीले नगर परिक्रमा गरेको थियो । ¥यालीपछि आयोजित सभामा प्रमुख अतिथि सिंह, इन्स्पेक्टर सिवाकोटी र आयोजक संस्थाका सभापति मदनबाबु प्रसार्इं र सचिव लीलाराज प्रधानले सडक सुरक्षा सप्ताहको महत्व र एक सातामा हुने कार्यक्रममा सरोकारवालाको सहभागीताको महत्वका विषयमा आ–आफनो विचार व्यक्त गरेका थिए ।¥यालीमा विद्यार्थी, राजनीतिक दलका नेता, ट्राफिक प्रहरी, रेडक्रसकर्मी, सञ्चारकर्मी, सामाजिक अगुवा, नेपाल प्रहरीसहितको ठूलो सङ्ख्यामा सहभागीता थियो ।
सप्ताहअन्तर्गत जेब्राक्रस निर्माण, जनचेतनामूलक माइकिङ र सडक सुरक्षामा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता मङ्सिर ११ गतेसम्म गरिने तयारी ¥याली तथा जेब्राक्रस निर्माण समितिका संयोजक असई लक्ष्मीप्रसाद ओझाले बताएका छन् ।